विश्वकप खेल्न सन्दीप पुगे वेस्ट इन्डिज
SamacharDesk | २०८१ जेठ २८, सोमबार
नेपालका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने नेपालको अन्तिम दुई खेलमा लामिछानेलाई समावेश गरिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
नेपालले समुहका अन्तिम दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्नेछ । ती खेलहरुका लागि सन्दिप क्यारेबियन मुलुक ‘सेन्ट भिन्सेन्ट’ पुगिसकेका छन् ।
प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानले विज्ञप्ति मार्फत जनाएको हो ।
अमेरिकाले भिसा नदिएपछि क्रिकेटर लामिछाने विश्वकप खेल्न पाएका थिएनन् । सन्दिप कुन बाटो भएर त्यहाँ पुगे भन्ने क्यानले खुलाएको छैन ।
विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले डालसमा नेदरल्याण्ड्सको सामना गरेको थियो भने दोस्रो खेल पर्सि अमेरिकाकै फ्लोरिडामा खेल्दैछ ।
त्यसपछि नेपाली टोली किंग्सटाउन पुग्नेछ । विश्वकप आयोजना गरिरहेका वेष्ट इंडीजका देशहरुले विश्वकपमा कुनैपनि खेलाडीलाई भिसा नलाग्ने व्यवस्था गरेकोले सन्दिपको भ्रमण सहज भएको हो ।
Categorized in स्पाेर्ट्स