संसार अनलाईन टक शो २५ एपिसोड पूरा
SamacharDesk – बिराज | २०७८ बैशाख १०, शुक्रबार

संसार अनलाईन युट्युब च्यालनबाट साप्ताहिक रुपमा प्रस्तुत भइरहेको व्यक्तित्व म्हसिका (व्यक्तित्व परिचय) टक शोको २५ एपिसोड पूरा भएको छ । यसै अवसरमा खोकनामा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न कलाकारहरुको सम्मान गरिएको छ ।
सोही कार्यक्रममा संसार क्रियसन नेपालले आयोजना गरेको सिंगिंग स्टारका टप २५ प्रतियोगी समेत घोषणा गरिएको थियो ।
संसार अनलाईन युट्युब च्यानल कलाकार स्वतन्त्र संसार महर्जनले संचालन गर्दै आएका छन् । सोही युट्युब च्यानलबाटै सिंगिग स्टार प्रतियोगीता पनि आयोजना गरिएको हो ।
कलाकार महर्जन स्पाइनल ट्यूमरका कारण ३ वर्षदेखि हिँडडुल गर्ने अवस्थामा छैनन् ।
सो कार्यक्रममा बोल्दै कलाकार महर्जनले आफु शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएपनि कला क्षेत्रको विकासका लागि जोश, जाँगर र इच्छाशक्ति रत्तिभर कम नभएको भन्दै अझ सक्रियताका साथ अघि बढ्ने दृढ्ता पोख्नुभयो ।
ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बधाई तथा शुभकामना दिँदै कला क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पोख्नुभयो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले कलाकर्मि स्वतन्त्रसंसार को सकृयता को प्रशंसा गर्नु भयो ।
नेपालभाषाको चलचित्र पत्रकारिता र म्युजिक भिडियोका प्रथन निर्देशक विजयरत्न असंबरेले कलाकर्मी स्वतन्त्रसमय अनुसार अघि बढ्न सक्ने व्यक्तित्व भएको भन्दै उनको सक्रियताको प्रशंसा गरे ।
नेवाःपत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले सञ्चार क्षेत्रमार्फत महर्जनको सक्रियताले फरक क्षमता भएका व्यक्तिलाई हेर्ने परम्परागत सामाजिक दृष्टिकोणलाई चिर्न सहयोग पुयाएको चर्चा गर्नुभएको थियो ।
Categorized in पेजथ्री