arin enterprises

सत्यमोहन जोशीको नाममा विद्यालय खुल्ने

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र १७, मंगलबार

सरकारले नेपालको जिवीत ईतिहास वाङमय शताब्दी पुरुष संस्कृतिविद डा. सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

संस्कृतिविद् डा. जोशीलाई भेट्न उहाँको निवास बखुम्बहाल पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यस्तो जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षामन्त्री श्रेष्ठ जोशी निवास पुगेका थिए ।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायीक विद्यालय खोल्ने तयारी थाल्न र उहाँले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताउनुभयो ।

‘सत्यमोहन जोशीको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुनेछ, यसले उत्कृष्ट सामुदायीक विद्यालयको उदाहरण दिनेछ’ मन्त्री श्रेष्ठको भनाई थियो ।

सरकारले आउँदो बैशाख ३० गते १ सय २ वर्ष वर्ष पुरा हुन लागेकासंस्कृतिविद जोशी जिवीत अवस्थामै उहाँको नाममा विद्यालय स्थापना गर्ने तयारी शुरु गरेको हो ।

मन्त्री श्रेष्ठले आगामी आ.व.मा बजेट व्यवस्था गरी विद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी गराउनुभयो । जोशीको नाममा खुल्ने विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय हुने पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

आफ्नो निवास पुग्नुभएका मन्त्री श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै एक सय एक वर्षीय संस्कृतिविद जोशीले आफ्नो नाममा विद्यालय खोल्ने तयारी समस्त संस्कृतिविद्, इतिहासविद् र साहित्यकारसमेतको सम्मान भएको महसुस गरेको बताउनुभयो ।

‘मेरो तस्बीर अंकित हुलाक टिकटमा राष्ट्रपतिज्युले प्रथम टाँचा लगाउनु, ललितपुर महानगरपालिकाको संयोजनमा मेरो तस्बीर अंकित सिक्का बजारमा ल्याउनु मेरो लागि गौरवको विषय हो’ जोशीले भन्नुभयो । ‘अब मेरो नाममा विद्यालय खोल्न राष्ट्रपति स्वयंले चाहना राख्नु सौभाग्यको विषय हो ।’

जुन जिल्लाका विद्यार्थीले पढ्न पाएका छैनन त्यहिँ विद्यालय खोल्नका लागि पनि जोशीले भन्नुभयो ।

मन्त्रीको श्रेष्ठको साथमा ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र एमाले ललितपुर अध्यक्ष हरीकृष्ण ब्यञ्जनकार  पनि जोशी निवास पुगेका थिए । सो अवसरमा एमाले ललितपुर अध्यक्ष ब्यञ्जनकारले संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्न सम्पुर्ण सहयोग प्रतिवद्धता व्यक्त गर्नुभयो । 

Categorized in राष्ट्रिय