मदनकृष्ण पुनः अस्पताल भर्ना
SamacharDesk – बिराज | २०७८ बैशाख २२, बुधबार

हास्य सम्राट मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि आज उनलाई पुनः अस्पताल भर्ना गरिएको छ ।
उनको अक्सिजन लेभल घटेर श्वासप्रश्वासमा समस्या देखिएपछि आज फेरी उनलाई नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो । उनको अक्सिजन लेभल ८५ मा झरेको बताइएको छ ।
कोभिड १९ बाट संक्रमित भइ मेडिसिटी अस्पतालमा उपचाररत उनी गत आइतबारमात्रै डिस्चार्ज भएर घर फर्किएका थिए ।
अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको पारिवारीक श्रोतले जनाएको छ ।
वरिष्ठ कलाकार मदनकृष्णको परिवारमा उनको छोरा यमन, बुहारी रिंकु र छोरी सरानासमेत कोरोना संक्रमित भएका थिए । अहिले सबैको स्वास्थ्य स्थिती सामान्य रहेपनि पूर्ण निको भने भइसकेका छैनन् ।
Categorized in पेजथ्री