arin enterprises

मदनकृष्ण कोरोनामुक्त भई घर फर्के

SamacharDesk – बिराज | २०७८ बैशाख १८, शनिबार

कोरोना संक्रमित भई मेडिसिटी अस्पतालमा उपचाररत हास्य सम्राट मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त भई घर फर्केका छन् ।

आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश शेयर गर्दै वरिष्ठ कलाकार मदनकृष्णले आफु कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।

संक्रमण भएपछि आफुलाई अहिलेको कोरोना भाईरसले रोग प्रतिरोधी क्षमता भएपनि शारीरिक शक्तिहिन बनाइदिएको अनुभव भएको उनले बताए ।

शेयर गरिएको भिडियोमा कलाकार श्रेष्ठ अझै पूर्ण रुपमा स्वस्थ्य भइनसकेको र निकै थकित नै देखिन्थे । बोल्दै गर्दा उनको सास फुलेको प्रष्ट देखिन्थ्यो ।

३ मिनेट ५५ सेकेन्डको भिडियोमा श्रेष्ठले यो महासंकटमा घडिमा सबैले सबैलाई माया गर्न आग्रह गरे ।

‘दुःखको घडि हो यो, संसारले महासंकट भोगेको प्रलय हो यो कोरोना कहर, यो बेलामा सबैले सबैलाई माया गरौं, सबैले सबैको राम्रो सोचौं, सबैले सबैको हीत सोचौं’ श्रेष्ठले भनेका छन् ।

राजनीतिक आग्रह पूर्वाग्रह राखेर एकअर्कालाई दोषारोपण गर्ने काम बन्द गर्न पनि श्रेष्ठले आग्रह गर्नुभयो ।

भिडियो सन्देशमा उनले आफ्नो उपचारमा संलग्न चिकित्सक लगायत छिमेकी सबैलाई धन्यवाद पनि दिएका छन् ।

Categorized in पेजथ्री