arin enterprises

पूर्वराज्यमन्त्री मानन्धरले आफुलाई झुठा मुद्दामा फसाउन खोजेको प्रजापतिको आरोप

SamacharDesk – बिराज | २०७८ माघ २५, मंगलबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफुलाई पूर्वराज्यमन्त्री रामवीर मानन्धरले झुठा मुद्दा लगाएर थुन्न खोजेको आरोप लगाएका छन् ।

गत माघ १७ गते बालाजुमा भएको झडपको सम्वन्धमा एक प्रेश विज्ञप्ती जारी गर्दै जसपा काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिले यस्तो आरोप लगाएका हुन् ।

बालाजुमा हाल निर्माणाधीन काठमाडौं महानगरपालिकाको सूचना केन्द्रको निरिक्षण गर्न भन्दै जसपा अन्तर्गतको जनसरोकार समन्वय समितिको समूह पुग्दा झडप भएको थियो । झडपको क्रममा प्रहरीले जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापति र समितिका सदस्य चन्द्र महर्जनले प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोही घटनाको विषयमा प्रजापतिले पूर्वराज्यमन्त्री मानन्धरले दवाव दिएर आफुलाई थुन्न लगाएको दावी गरेका हुन् । साथमा मानन्धरले ज्यान मार्ने उद्योग अन्तर्गत झुठा मुद्दामा आफुलाई थुन्न खोजेको आरोप समेत प्रजापतिले लगाएका छन् ।

‘बालाजुको उक्त निर्माण क्षेत्रमा हामीलाई दुव्र्यवहार गरियो, ढुङ्गासमेत हानियो । यस कार्यमा पूर्व राज्यमन्त्री रामवीर मानन्धरकै परिवार, स्वकिय सचिवसमेतकै संलग्नता प्रत्यक्ष रुपमै देखियो’ विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्तीमा अगाडी भनिएको छ, ‘हामी दुईमाथि ज्यान मार्ने उद्योग अन्तर्गत कारवाही गर्न भन्दै पूर्वराज्यमन्त्री रामवीर मानन्धरले प्रहरी प्रशासनलाई दवावसमेत दिएको थियो । हामीलाई झुठा मुद्दामा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको स्पष्टै देखियो । शक्तिको चरम दुरुपयोगको यो भन्दा बढि उदाहरण अर्को के दिनुपर्ला र ।’

विज्ञप्तीमार्फत प्रजापतिले सडक विस्तार, फास्ट ट्र्याक आदि विभिन्न नाममा स्थानीय वासिन्दालाई विस्थापित गर्न लागिएको भन्दै विस्थापितको पुनस्थार्पनाको माग समेत गरिएको छ । त्यस्तै स्वबासीहरुको भूमि सम्वन्धि अधिकार दिलाउन र सडक विस्तार पिडितको पुनस्थार्पना आफु निरन्तर लागि नै रहने प्रतिवद्धता प्रजापतिले व्यक्त गरेका छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082