arin enterprises

योजनाबद्ध रुपमा पर्वहरु मनाएर सिनाज्या सम्पन्न

SamacharDesk – बद्रि नाथ कायस्थ | २०८० आषाढ ३०, शनिबार

योजनाबद्ध रुपमा पर्वहरु मनाएर सिनाज्या सम्पन्न हाम्रो पुर्खाहरुले सोंचि सम्झि धान रोपाई ( सिनाज्या ) को काम समयमा सम्पन्न गर्न पर्वहरु योजनाबद्ध रुपमा मनाउने ब्यबस्था गरिदिनु भएको छ ।

त्यस्को लागि म्ह्यामचा नख: र कायमचा नख: को नाम दिएर हाम्रो आफ्नै मौलिक संस्कृति को रुपमा मनाउन ब्यबस्था गरिदिनु भएको छ ।

सिनाज्या मेहनतको साथ समयमा सम्पन्न गर्न सकोस भनेर अक्षय तृतीया , देगुद्य पूजा र सिथिनख पर्व र सिनाज्या सम्पन्न भए पछि धन्यबाद दिंदै सरसफाइ र खराब तत्वहरु बाट साबधान रहन गथांमुग पर्व मनाउने योजना ब्यबस्था गरिदिनु भएको छ ।

यी पर्वहरु कृषकहरु ले सबै आआफ्नु खेतबारी मा उपलब्ध सामानहरु बाट मनाउने गर्दछन् र कृषकहरु लाई अरु कसै संग भरपर्नु पर्ने जरुरत छैन ।

यस योजना भित्र परेको सबै पर्वहरु नेवा समुदाय ले अपनाई आएको तीन मुख्य दर्शन र सिद्धान्तहरु मा आधारित छन् ।

१.धान रोपाई संघर्षबादी सिद्धान्त अपनाएको पाईन्छ ।

सिनाज्या को शुरुआत अक्षय तृतीया पर्व बाट भएको मान्यता छ । जस्लाइ शिव पार्वती को बिबाह को दिन को रुपमा लिईन्छ । यस दिन कुनैपनि काम को शुरुआत गर्न साईट हेर्न नपर्ने जनबिश्वास छ । नेपाल मण्डलको कृषकहरु ले  मरिमेटि मेहनत गरी गर्नु पर्ने सिनाज्या को काम यही अक्षय तृतीया को दिन बाट शुरु भएको मान्यता छ ।यस्ले गर्दा धान रोपाई गर्न साईट हेरि राख्नु पर्दैन तर गथांमुग पर्व सम्ममा सम्पन्न भइसकेको हुनुपर्छ ।

१.१. अर्को कुरा शिव पार्वती भनेको नेवा समुदाय मा उमामहेश्वर हुन् । उमामहेश्वर सदा सर्बदा सम्पूर्ण जहान परिवार लाई साथमा राखेर मिलेर काम गर्ने कुराको प्रतिबिम्बित गर्दछ ।त्यस्कारण यस सिनाज्या को काम गर्ने कुरामा पनि सम्पूर्ण घरपरिवार साथमा काम गर्ने प्रतिबध्धता राखेको प्रष्ट देखिन्छ ।

१.२. नेवा समुदाय ले शैव शाक्त धर्म मान्ने हुनाले शिव पार्वती लाई सम्झना गरी कुनैपनि ठूलो महत्वपूर्ण काम शुरु गर्दछन् ।

१.३. शिव पार्वती बिबाह को उत्सब मनाएको अबसरमा शिव गणहरु खासमा भूतप्रेतहरु ले पनि भाग लिन आउने हुनाले तान्त्रिक विधि अनुसार निम्तो दिएर सिनाज्या काममा सहयोग गर्न बोलाउने प्रचलन रहेको धेरै किन्बदन्तिहरु बाट थाहा हुन्छ । तर हाल आएर यो प्रचलन हटेको महसूस हुन्छ ।

२. देगुद्य पूजा गरी कुलदेवता बाट शक्ति प्राप्त गर्ने सिद्धान्त अपनाएको छ ।

 नेवा दर्शन र सिद्धान्त अनुसार कृषकहरु धान रोपाई गर्नु भन्दा पहिले शक्ति को श्रोत देगुद्य कुलदेवता को पूजा गर्दछन् । यस्बाट शक्ति प्राप्त गरी शक्तिमान भएर सिनाज्या संघर्षबादी सिद्धान्त अपनाएर गर्दछन् । नेवा दर्शन र सिद्धान्त अनुसार शक्ति पीठहरु शक्ति को श्रोत र कुलदेवता हुन् ।

देगुद्य पूजा ( दीवाली पूजा ) कुलदेवता पूजाहरु मध्येको एक हो । देगुद्य पूजा जस्लाइ दिवाली पूजा भनिन्छ यही अक्षय तृतीया र सिथिनख पर्व को बिचमा गरिन्छ । धेरै जस्तो कृषकहरु ले आइतबार वा बिहिबार पारेर देगुद्य पूजा गरेको पाईन्छ । अझ भक्तपुर मा त त ःदिन को दिन  धेरै कृषक का खलकहरु ले पूजा गरेको देखिन्छ ।

२.१. यस देगुद्य पूजा खासमा कुलदेवता को नै पूजा हो । तर यस्मा पुर्खाहरु ( पितृहरु ) लाई पनि सम्झन मिल्ने गरेर घर बाहिर एक बिशेष स्थान स्थापना गरिएको हुन्छ ।

२.२. यो कुलदेवता को पूजा , देगुद्य पूजा खासमा मेहनत गरी सिनाज्या समयमा सम्पन्न गर्न  आध्यात्मिक शक्ति को पनि जरुरत पर्ने हुनाले शक्ति प्राप्त हुने गरी पुर्खाहरु बाट ब्यबस्था भएको बुझिन्छ ।

२.३. यस देगुद्य पूजा घर बाहिर एक बिशेष स्थानमा स्थापित कुलदेवता को पूजा हुन्छ ।जस्मा आआफ्नु पुर्खाहरु ( पितृहरु) बाट पनि सिनाज्या समयमा सम्पन्न गर्न आशिर्बाद पाउने बिश्वाश राख्दछन् ।

३. गथांमुग पर्व सामाजिकताबादी सिद्धान्त अपनाएर मनाएको छ ।जस्मा टोल छिमेकि सबैको संलग्नता गराइ मनाई आएको पाईन्छ ।

यो देगुद्य पूजा अक्षय तृतीया र सिथिनख पर्व को बिचमा गर्न नभ्याएमा सिथिनख पर्व को दिन मा गर्दछन् ।

३.१. कुमार कार्तिकेय लाई नेवा समुदाय ले तेजस्वी, संघर्षबादी, साहसी र प्रेरणादायी को रुपमा लिने गर्दछन् ।

३.२. कुमार कार्तिकेय को जन्मदिन सिथिनख पर्व को रुपमा उत्सब मनाएर मनाउंछन् । कुमार कार्तिकेय को जन्मदिन को उपलक्षमा छ थरिको गेडागुडीहरु को बारा बनाएर छ थरिको सागपातहरु को तरकारि बनाएर , र अन्य पौष्टिक खानाहरु पनि छ थरिकै बनाएर कुमार कार्तिकेय लाई चढाउंछन् ।

३.३. यसरी कुमार कार्तिकेय लाई चढाएको पौष्टिक खानाहरु प्रसाद ग्रहण गर्न भोज को रुपमा खाने चलन छ । यस्ले गर्दा कृषकहरु लाई सिनाज्या गर्न बल र ताकत मिल्ने जनबिश्वास छ ।

३.४. कुमार कार्तिकेय को गंगा संग पनि सम्बन्ध रहेको हुनाले पानी सम्बन्धित धारा , ढुंगेधारा कुलो , ईनार , पोखरी , तलाउ सबै सफा गर्ने गर्दछन् ।

३.५. सिथिनख चः ह्रे पर्व मनाई सकेपछि दुई हप्ता सम्म पनि पानी परेन भने हर हर महादेव पानी दे भनेर माग्ने चलन छ ।

 

४..कुमार कार्तिकेय बालककाल देखिनै साहसिक , हिम्मतदार , र माता–पिता बाट तालिम र प्रेरणा पाएको कारण सानो उमेरमा नै तारकासुर संग युद्ध गर्न हिम्मत गरेको र बध गर्न सक्षम भएको उदाहरण बाट सबै ले प्रेरणा पाई संघर्ष गरी सिनाज्या सम्पन्न गरेको मान्यता छ ।साथमा सिथिनख पर्व मनाएर भोजमा पौष्टिक खाना खाएर ताकत, बल र शक्ति प्राप्त गरी सिनाज्या मा मेहनत गर्न बल र शक्ति प्राप्त हुने मान्यता छ । सिथिनख पर्व मा , छ थरिको गेडागुडी को बाराहरु , र छ थरिको छागहरु को तरकारी , र अन्य बस्तुहरु पनि छ थरिकै बनाएर कुमारको नाममा पिखालखु मा चढाएर प्रसाद भोज को रुपमा ग्रहण गरिन्छ । जस्बाट शारीरिक बल र ताकÞत प्राप्त हुन्छ भन्ने जनबिश्वास छ । यसरी घर परिवार र खलकहरु मिलेर सिनाज्या को काम समयमा सम्पन्न गर्दछन् ।

५.. कड़ा मेहनत गरी समयमा सिनाज्या को काम सम्पन्न गरी घर गाउं टोलमा फर्केर जॉदा घरमा टोल मुहल्लामा कुनै प्रकारको खराब तत्वहरु ले दुःख कष्ट नदेओस भनेर सामाजिक हिसाबले प्रत्येक घर सरसफाइ गरी फोहर मैलो घरबाट बाहिर निकालेर जलाएर पठाई दिने चलन छ ।जस्लाइ गथांमुग पर्व को मुख्य भाग मानिन्छ। यस बाहेक पूजा को पनि महत्व छ । यसरी मेहनत गरी सिनाज्या को काम सम्पन्न गरी घरमा फर्केर छरछिमेकि सबै मिलेर बहादुर का साथ सम्भावित सबै खराब तत्वहरु लाई घर र टोल बाट निकालेर घिसारेर लगेर जलाएर दाहसंस्कार गरी बगाईदिने साहसिक कार्य गरी पर्व मनाएको हुनाले यस्लाई कायमचा पर्ब पनि भनिन्छ ।

५.१. प्रत्येक घरको कोठाको कुना काप्चा सबै सफागरेर धूलोमूलो सबै बाहिर निकालेर जलाउन राखिन्छ ।

५.२. घरमा र टोल टोलमा दुःख कष्ट दिन घुसेका खÞराब तत्वहरु लाई घर र टोल बाट बाहिर निकालेर घिसारेर खोलामा लगेर जलाएर दाहसंस्कार गर्ने र बगाएर पठाई दिने गर्छन् ।

५.३. सॉझपख भ्यगतमा बौमत दिने चलन पनि छ ।

५.४. निम्तो पाएर आएको भूतप्रेतहरु लाई आदर सत्कार का साथ यसै दिनमा बिदाई गर्ने चलन पनि छ ।

५.५. बिना निम्तो जबर्जस्ति घरमा घुसेर दुःख कष्ट पुर्याउन आएको खÞराब तत्वहरु लाई घर र टोल टोलबाट निकालेर पठाउने चलन छ । जबर्जस्ति दुःख कष्ट दिन बस्न खोज्ने लाई घिसारेर लगेर जलाएर पठाईदिने चलन छ ।

५.६. यी सबै कुराहरु को प्रतिनिधित्व गर्ने गरी टोल टोलमा राक्षस को मुहार राखेर नर्कट र गहुंको छवाली आरुको काठमा बॉधेर चोक चोकमा बिच बाटोमा उभ्याएर सॉझपख घिसारेर खोला किनारमा लगेर जलाएर दाहसंस्कार गरि बगाएर पठाई दिन्छन् ।

जस्लाइ गथांमुग  पर्व मनाउने प्रचलन को मुख्य भाग मानीआएको पाईन्छ । यस्बाहेक घर र टोल मुहल्ला को सरसफाइ र सॉझपख गथांमुग  पर्व को पूजा पनि सम्पन्न गर्दछन् । यसरी सिनाज्या ( धान रोपाई ) को काम समयमा सम्पन्न गर्न हाम्रा पुर्खाहरुले योजनाबद्ध रुपमा पर्वहरु मनाउने ब्यबस्था गरिदिनु भएको छ ।

Categorized in विचार