दक्षिण अफ्रिका सेमिफाइनल नजिक
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १६, बिहिबार

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनल नजिक पुगेको छ । बुधबार न्युजिल्यान्डलाई १ सय ९० रनले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल नजिक पनि पुगेको हो ।
यो जितसँगै दक्षिण अफ्रिकाले ७ खेलबाट १२ अंक जोड्डै शीर्ष स्थानमा उक्लिएको छ । यस्तै एक खेल कम खेलेको आयोजक भारतभने १२ अंकसँगै दोस्रो स्थानमा झरेको छ ।
पुनेमा भएको यस खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा ३ सय ५७ रन जोड्यो ।
उसका लागि क्वान्टन डि ककले ११४ रन र भान डुसेनले १३३ रन जोड्डै शतकीय पारी खेले । क्वान्टनले १ सय १६ बलमा १० चौका र ३ छक्का प्रहार गर्दा डुसेनले १ सय १८ बलमा ९ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै डेभिड मिलरले ५३ रन बनाए । मिलरले ३० बलमा २ चौका र ४ छक्का प्रहार गरे ।
कप्तान टेम्बा बावुमाले २४ रन जोड्डा हेनरिक क्लासेनले नटआउट १५ रन र एडेन मारक्रमले नटआउट ६ रन जोड्डै विशाल स्कोर साध्न सफल भए ।
न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जेम्स नीशमले समान एकएक विकेट लिए ।
३ सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा १ सय ६७ रन बनाएर अलआउट भयो ।
टस जितेर दोस्रो ब्याटिंग गरेको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन जोडे । यस्तै विल यंगले ३३ रन , डाँरिल मिचेलले २४ रन जोड्डा अन्यले दोहोरो अंक छुन सकेन ।
न्युजिल्यान्डलाई हराउन दक्षिण अफ्रिकाका केशव महाराजले ४ विकेट, मार्को जानसेनले ३ विकेट, जेराल्ड कोएट्झीले २ विकेट र कगिसो रबाडाले १ विकेट हात पारे ।
पराजित न्युजिल्यान्ड ७ खेलमा ८ अंक जोड्डै तालिकाको चौथो स्थानमा झरेको छ ।
यता एक खेल कम खेलेको अष्ट्रेलिया ८ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।
Categorized in स्पाेर्ट्स