इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको फराकिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक ४, शनिबार

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक विश्वकप विजेता इंग्ल्यान्डलाई २ सय २९ रनले पराजित गरेको हो ।
मुम्बईको वांखडे स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्ड सामु प्रस्तुत गरेको ४०० रनको विशाल लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड २२ ओभरमा मात्र १ सय ७० जोडेर अलआउट भयो ।
इंग्ल्यान्डका लागि मार्क वुडले सर्वाधिक ४३ रन बनाए । गस एट्किन्सनले ३५ रन, हेरी ब्रुकले १७, जोस बट्लरले १५, डेभिड विलीले १२, एडिल रशिद र जोनी बैरस्टोले १०–१० रन बनाएका थिए। अरू एक अंकको रन बनाएर आउट भएका थिए ।
दक्षिण अफ्रिकाका जेराल्ड कोइत्जीले ३ विकेट, लुंगी गिदी, मार्को जेनसेनले २–२ विकेट, काजिसो राबादा र केशव महाराजले एकएक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिंग गरेको दक्षिण अफ्रिकाले मात्र ७ विकेट गुमाई ३ सय ९९ रन बनाए । दक्षिण अफ्रिकाको लागि हेनरिच क्लासेनले शतक प्रहार गर्दै इंग्ल्यान्ड सामु विशाल लक्ष्य प्रस्तुत गर्ने योगदान दियो ।
क्लासेनले ६७ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १ सय ९ रन बनाएका थिए । रिजा हेन्ड्रिक्सले पनि ८५ रन जोडेका छन्। उनले ९ चौका र ३ छक्काको मद्दतमा ७५ बलमा उक्त रन बनाएका हुन् ।
यस्तै मार्को जेनसेनले अविजित रही ७५ रन र रासी भान डेर डुसेनले ६० रन बनाए । एइडन मारक्रम ४२ रन बनाएर आउट भएका थिए। अन्य खेलाडीहरूले दोहरो अंक छुन बनाए ।
इंग्ल्यान्डका लागि रिस टप्लेले तीन विकेट, गस एट्किन्सन र अदिल रसिदले २–२ विकेट लिए ।
दक्षिण अफ्रिका अंक तालिकामा ६ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै इंग्ल्यान्ड नवौं स्थानमा छ।
Categorized in स्पाेर्ट्स