arin enterprises

मोरोक्कोलाई हराउँदै साउथ अफ्रिका क्वार्टरफाइनलमा

SamacharDesk | २०८० माघ १७, बुधबार

साउथ अफ्रिका अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार मोरक्कोमाथि २–० गोलको जित निकाल्दै साउथ कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

दक्षिण अफ्रिकालाई जिताउन माकगोपाले ५७ मिनेट र मोकोइनाले दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा गोल गरे । त्यसअघि मोरक्कोका अर्च्रफ हाकिमीले ८५ औं मिनेटमा हानेको पेनाल्टी क्रसबारमा लागेपछि बराबरीमा ल्याउने अवसर गुमाएका थिए ।

खेलको अन्तिममा मोरोक्कोका सोफयान अमब्रतले रातो कार्ड पाई मैदान बिहिरीयपछि मोरोक्को १० खेलाडिमा सिमित भएको थियो ।

योसँगै अफ्रिकाको शीर्ष वरीयताको टिम मोरक्कोले दोस्रो उपाधि जित्न अझै कुर्नु पर्ने भएको छ ।सन् १९७६ मा पहिलो उपाधि जितेको मोरक्कोले सन् २०२५मा यो प्रतियोगिता आयोजना गर्दैछ ।

साउथ अफ्रिकाले अब सेमिफाइनल पुग्नका लागि केप भर्डेसँग खेल्नेछ । यता मालीले बुर्किना फासोलाई हराएर अन्तिम आठमा स्थान बनाएको छ । 

मालीले अन्तिम आठमा अब आयोजक टोली आइभरी कोस्टसँग खेल्नेछ । 

त्यसअघि भने नाइजेरिया र अंगोला तथा कंगो र गिनी अन्तिम आठमा भिड्नेछन् ।  

Categorized in स्पाेर्ट्स