दक्षिण कोरिया एसियन कपको क्वार्टरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १७, बुधबार

दक्षिण कोरिया एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै कोरिया अन्तिम आठमा पुगेको हो ।
खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको थियो ।
खेलको ४६ मिनेटमा अब्दुल्लाह रादिफले गोल गर्दै साउदीलाई अग्रता दिलाएका भने कोरियाका चो गुइ सङले दोस्रो हाफको इन्जुरी समयको नवौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काउन सफल भए ।
पेनाल्टी सुटआउटमा दक्षिण कोरियाले बाजी मार्यो ।
यता अर्को खेलमा उज्वेकिस्तानले थाइल्यान्डलाई २–१ ले हराउँदै अन्तिम क्वाटरफाइनलमा पुगेको छ ।
Categorized in स्पाेर्ट्स