युरोकप छनोटमा स्पेन र नर्वे विजय
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २६, शुक्रबार

युरोकप छनोटमा स्पेन र नर्वे विजय युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा स्पेन र नर्वेले जित हात हासिल गरेका छन् ।
शुक्रबार भएको समूह ‘ए’ को छनोटमा स्पेनले शीर्ष स्थानको स्कटल्यान्डलाई २–० गोलले पराजित गरेको हो ।
स्पेनलाई जिताउन मोराटाले ७३ औं मिनेटमा र सानसेटले ८६ औं मिनेटमा गोल गरेका थिए ।
यहि समूहको अर्को खेलमा नर्वेले शानदार जित हात पार्यो । नर्वेले साइप्रस माथि ४–० गोलको जित हासिल गरेको हो ।
नर्वेको लागि सोर्लोथले ३३ मिनेटमा पहिलो गोल गर्दै पहिलो हाफमा १–० ले अघि राखे । यस्तै दोस्रो हाफमा हालान्डले ६५ र ७२ मिनेटमा गरी दुई गोल गरे । अर्सनेसले ८१ मिनेटमा चौथो गोल थपेका थिए ।
समूहमा पराजित भएसँगै युरोपियन च्याम्पियनसिपमा छनोट हुन शीर्ष स्थानको स्कटल्यान्डले कुर्न पर्ने भएको छ ।
स्कटल्यान्ड १५ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको स्पेनको १२ अंक र तेस्रो स्थानको नर्वेको १० अंक भएको छ ।
Categorized in स्पाेर्ट्स