भ्यालेन्सियासँग बराबरीमा रोक्यो बार्सिलोना
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष ५, आइतबार

लियोनेल मेस्सीको कीर्तिमानी गोलका बावजुद बार्सिलोना भ्यालेन्सियासँगको खेलमा बराबरीमा रोकिएको छ । स्पेनिश ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएको हो ।
खेलमा अग्रता भ्यालेन्सियाले लिएको थियो । २९औं मिनेटमा मौक्टर डियाखाबाइले भ्यालेन्सियालाई पहिलो गोल दिए भने ६९औं मिनेटमा म्याक्सिमिलियानो गोमेज गोन्जाल्जले दोश्रो गोल गरे ।
बार्सिलोनाका लागि लियोनेल मेस्सी र रोनाल्ड एरौजोले एक–एक गोल गरेका थिए । मेस्सीले पहिलो हाफको इन्जुरी मिनेटमा र एरौजोले ५२औं मिनेटमा गोल गरेका थिए ।
२६ पटकको च्याम्पियन बार्सिलोना तालिकाको पाँचौ स्थानमा छ । बार्सिलोना १३ खेलबाट २१ अंकसहित पाँचौ स्थानमा छ ।
भ्यालेन्सिया १४ खेलबाट १५ अंक सहित १२ औं स्थानमा छ ।
यो पनि पढ्नुहोला -
मेस्सी पेलेको कीर्तिमानको बराबरीमा
Categorized in स्पाेर्ट्स