रियल भालाडोलिडविरुद्ध बार्साको शान्दार जित
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष ८, बुधबार

स्पेनिश ला लिगा अन्तर्गतको खेलमा मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ । भालाडोलिडलाई बार्साले मेस्सीको व्यक्तिगत एक गोलसँगै ० का विरुद्ध ३ गोलले पराजित गरेको हो ।
खेलमा क्लेमेन्ट लिङलेन्टले २१औं मिनेटमा गोल गर्दै बार्सालाई अगाडी बढाए भने ३५औं मिनेटमा मार्टिन ब्रेथवेटले बार्सालाई दोश्रो गोल दिए । दोश्रो हाफमा ६५औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सालाई ३–० नतिजासहितको जित दिलाए ।
यो गोलसँगै मेस्सीले बार्साका लागि व्यक्तिगत ६ सय ४४ गोल गर्दै पेलेको कीर्तिमान तोडेका छन् ।
यो खेलपछि बार्सिलोना १४ खेलबाट २४ अङ्क जोड्दै तालिकाको पाँचौ स्थानमा कायम छ । १३ खेलबाट ३२ अङ्कसहित एट्लेटिको म्याड्रिड शिर्ष स्थानमा छ भने रियल म्याड्रिड १४ खेलबाट २६ अङ्कसहित दोश्रो स्थानमा छ ।
तेश्रो स्थानमा रहेको रियल सोसिडाडको १६ खेलबाट २६ अङ्क छ । त्यस्तै १५ खेलबाट समान २६ अङ्क जोडेको भिल्लारियल चौथो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स