arin enterprises

सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी

SamacharDesk | २०८० चैत्र १३, मंगलबार

१८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सोमबार शंखमुलस्थित यल दरबारमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) आयोजना गरेको अवार्डमा दीपक पुरुषमा र सुष्मा महिलामा सर्वोकृष्ट खेलाडी चुनिए ।

दुवैले अवार्डसहित जनही एक लाख रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे । दीपक यसै वर्ष सम्पन्न एनएसजेएफ पल्सर स्पोटर््स अवार्डका विजेता समेत हुन् । खेलाडी संघले आयोजना गरेको अवार्डमा पनि दीपक अवार्ड जित्न सफल भए ।

उनीसँगै एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप विजेता सुस्मा सम्मानित भएका हुन् ।  यस्तै प्रतिभाशाली खेलाडीको पुरस्कार महिलामा पौडीकी डुवाना लामा तथा पुरुषमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पाए ।

दुवै विजेताले जनही ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । पारा एथलिट सम्मानबाट भारोत्तोलनका दुर्गामान तामाङलाई सम्मान गरेको छ । उनलाई १५ हजार नगदसहित सम्मान गरेका छन् ।

टेबलटेनिसका पूर्वप्रशिक्षक तथा प्रशिक्षक धर्ममान बज्राचार्य गजराज आर्दश खेल व्यक्तित्व सम्मानबाट सम्मानित भएका छन् भने खेलकुद पत्रकारिता सम्मानबाट खेलाडी डटकमका प्रधान सम्पादक अजय फुयाललाई सम्मान गरेको छ ।

गजराज आदर्श खेल व्यक्तित्व र खेलकुद पत्रकारिता सम्मान विजेताले ३५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

त्यस्तै नवौं राष्ट्रि खेलकुदमा समावेश कुल ३६ खेलबाट समान एक जना खेललाई सम्बिन्धित संघको सिफारसको आधारमा वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो । ३६ खेलमा नै उत्कृष्ट सबैले जनही २० हजार रुपैयाँ पाए ।

खेलाडी संघले वर्ष २०७९ का उत्कृष्ट खेलाडीमा आर्चरीकी पार्सदा आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी, शारीरिक सुगठनका अशिमबावु गुरुङ र चेसका रुपेश जैसवाल वर्ष उत्कृष्ट खलाडी भए ।

त्यस्तै कप्तान रोहितकुमार पौडेल, साइक्लिङका सुरज रानामगर, फेन्सिङमा शिक्षा नापित फुटबलमा किरणकुमार लिम्बू, फुलकन्ट्याक करातेमा सन्देश मानन्धर, गल्फका सुवास तामाङ, जिम्न्यास्टिकमा राजु राई, ह्यान्डबलकी शान्तिकला राई, हक्कीका महेश धानी आइटिएफ तेक्वान्दोकी रुबिका खड्का, जुडोकी देवकीमाया श्रेष्ठ, कबड्डीकी अनुजा कुलुङ राई, करातेका विजय श्रेष्ठ, खोखोमा सरस्वती कठायत, लनटेनिसमा सलोनी तामाङ र प्याराग्लाइडिङमा रीता श्रेष्ठ थापा वर्ष उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी रग्बीमा निरोज कार्की, सेपाकताक्रोकी उषा महर्जन, स्क्वासका अमृत थापामगर, सुटिङमा सुजन रानामगर, सफ्ट टेनिसमा युकेश योञ्जन, पौडीमा डुवाना लामा, टेबल टेनिसमा स्यान्टु श्रेष्ठ, तेक्वान्दोमा काजल श्रेष्ठ, ट्रायथलनमा श्रेबी महर्जन, भलिबलमा रविन चन्द, भारोत्तलनमा जुनमाया छन्त्याल, उसुमा समन गुर्सी र कुस्तीमा सुरेश चुनारा वर्ष खेलाडी चयन भएका छन् ।

कार्यक्रम सञ्चालनको क्रममा आगामी संस्करण १९औं र २०औं क्रमशः तार्केश्वर नगरपालिका र बनेपा नगरपालिकामा हुने जानकारी गराइएको छ ।

Categorized in स्पाेर्ट्स