arin enterprises

विश्‍वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक ४, शनिबार

आइसिसी एकदिवशीय विश्‍वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

लखनउ स्टेडियममा भएको खेलमा श्रीलंकाले नेदरल्यान्ड‍्सलाई पाँच विकेटले पराजित गरेको हो ।

नेदरल्यान्ड‍्सले दिएको २ सय ६३ रनको लक्ष्यलाई १० बल बाँकी रहँदै श्रीलंकाले पाँच विकेटको क्षतीमा पुरा गर्यो ।

नेदरल्यान्ड्सका लागि साइब्रान्ड एंगेलब्रेक्टले सर्वाधिक ७० रन बनाएका थिए। लोगन भ्यान विकले ५९ रन, कोलिन एंकरम्यानले २९, म्याक्स ओ–डोउद र स्कट एड्वार्डसले समान १६–१६ रन जोडे ।

अन्य खेलाडीले एक अंकको रनमा सीमित भएका थिए ।

श्रीलंकाको दिलशन मदुशंका र कसुन रजिथाले ४–४ विकेट लिएका थिए। महिश थिकशानाले एक विकेट लिए ।

टस हारेर पछि ब्याटिंग गरेको श्रीलंकाले लक्ष्‍य पछ्याउने क्रममा मात्र ५ विकेटको क्षतीमा पुरा गरे । श्रीलंकाको लागि सदीरा समाराविक्रमले १०७ बलमा नटआउट ९१ रन प्रहार गरे ।

पथुम निसाकाले ५४ रन, चरित असलंकाले ४४ रन, धनन्जय डी सिल्भाले ३० रन र कुशल मेन्डिसले ११ रन बनाएका थिए ।

नेदरल्यान्ड्सका अर्यान दत्तले तीन विकेट लिँदा पल भ्यान मीकिरेन र कोलिन एंकरम्‍यानले एक–एक विकेट लिए ।

यो श्रीलंकाको पहिलो जित हो । यसअघि श्रीलंकाले खेलेका तीन वटै खेलमा पराजय भोगेको थियो ।

नेदरल्यान्ड्सले पनि यो विश्वकपमा एउटामात्रै खेल जितेको छ ।

विश्वकपको तालिकामा नेदरल्यान्ड्स आठौं स्थानमा छ भने श्रीलंका नवौं स्थानमा छ ।

विश्वकप तालिकाको शीर्षस्थानमा ८ अंकसहित न्युजिल्यान्ड छ भने दोस्रोमा ८ अंकसहित भारत छ ।

Categorized in स्पाेर्ट्स