जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
SamacharDesk | २०८० आश्विन १८, बिहिबार

जापानमा ६ दशमलव ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
भुकम्प निकै शक्तिशाली रहेको भन्दै जापानी मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ ।
मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटरसम्मको अग्लो र पूर्व प्रान्तदेखि पश्चिममा कागोशिमा प्रान्तसम्म फैलिएको क्षेत्रमा शुन्य दशमलव २ मिटरसम्म छाल आउने अनुमान गरेको छ ।
यसैबीच, जापान सरकारले सावधानीका रूपमा तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च स्थानमा जान आग्रह गरेको छ ।
भुकम्पका बारे विस्तृत बिवरण आउन बाँकी रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय