थाइल्याण्डमा अहिलेसम्मकै कान्छि प्रधानमन्त्री पेतोङत्रान निर्वाचित
SamacharDesk | २०८१ श्रावण ३२, शुक्रबार

थाइल्यान्डमा नयाँ प्रधानमन्त्रीमा ३७ वर्षीय पेतोङत्रान सिनावात्रा निर्वाचित हुनुभएको छ । उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।
थाइल्याण्डको संसद्मा गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो ।
फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत अनुमोदनका लागि संसदमा प्रस्तुत गरेको थियो । उनलाई शुक्रबारै थाइल्यान्डको संसद्ले प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो ।
संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाइपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो ।
पूर्व प्रधानमन्त्रीलाई बर्खास्त गरेको दुई दिनपछि सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । प्रधानमन्त्री बनेसंगै पेतोङत्रान थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नु भएको छ ।
उहाँले थाई जनताको हितका लागि काम गर्ने बचन दिनुका साथै देशलाइ भ्रष्टाचार नियन्त्रण गर्ने आफनो पहिलो दायित्व भएको प्रतिक्रिया दिनुभएको छ ।
फेउ थाई पार्टीकी नेता पेतोङत्रानलाई प्रधानमन्त्री चयन गर्न सत्तारुढ गठबन्धनमा रहेका सबै दल एकजुट भएका थिए ।
पेतोङत्रान प्रधानमन्त्री चयन भएसंगै पिता थाक्सिन र उनकी फुपू यिङलकपछि प्रधानमन्त्री बन्ने सिनावात्रा परिवारकी तेस्री र फेउ थाई पार्टीकी चौथो सदस्य समेत बन्नुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय