arin enterprises

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

अछामको मेल्लेख गाउँपालिका ३ बस्ने पदम बहादुर शाहको घरमा मंगलबार राति विद्युत सर्ट भई आगलागी भएको छ । 

आगलागीमा अन्नपात, लत्ता कपडा, घरको काठपात र भाँडा बर्तन पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । 

त्यस्तै, मोरङको रतुवामाई नगरपालिकामा एउटा गोठमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । 

रतुवामाई ५ कसेनी बस्ने निर्मला निरौला अधिकारीको गोठमा मंगलबार राति आगलागी हुँदा मोटरसाइकल, लत्ताकपडा र काठपात जलेर नष्ट भएको हो ।

घटनामा करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ । 

स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । 

Categorized in समाज