काठमाडौंमा दिउँसै दुई ठाउँमा चोरी
SamacharDesk – क्राइम ब्यूरो | २०८० माघ १८, बिहिबार

देशको राजधानीमा दिउँसै दुई ठाउँबाट चोरी भएको छ । काठमाडौंको बनस्थलीमा बुधबार दिउँसो र कलंकीबाट बुधबार साँझ लाखौंको धनमाल चोरी भएको हो ।
काठमाडौं महानगरपालिका–१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–४ का ४० वर्षीय रामहरी सिंखडाको कोठाबाट नगर र गरगहना गरी ४ लाख बढिको धनमाल चोरी भएको छ ।
बुधबार दिउँसो कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर नगद ४६ हजार ४ सय रूपैयाँ र सुनका विभिन्न गहना गरी करिब ४ लाख ४ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
यस्तै काठमाडौं महानगरपालिका–२१ मरु टोलका ३० वर्षीय सुजन जोशीको कलंकीस्थित डेराबाट पनि लाखौंको धनमाल चोरी भएको छ ।
जोशी डेरा बस्दै आएको कलंकीस्थित कोठामा बुधबार साँझ चोरी भएको हो । जोशीको कोठाबाट ताल्चा फोडेर नगद ३२ हजार रूपैयाँ र सुनका विभिन्न गहना गरी करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरु हाल फरार रहेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।
Categorized in अपराध