arin enterprises

मिलाप तीज उत्सवको तेस्रो संस्करण सम्पन्न

SamacharDesk – बिजयरत्न | २०८१ भाद्र ११, मंगलबार

मिलाप फाउण्डेशनको आयोजनामा विगतका वर्षहरुमा हुँदै आएको मिलाप तीज उत्सवको तेस्रो संस्करण हालै सम्पन्न भएको छ ।

‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको थियो ।

समारोहमा यमकुमारी कला सम्मान २०८१ बाट महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी, रंग पत्रकार सवी कार्की खड्कालाई सम्मान गरिएको थियो ।

सोही समारोहमा मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायिका सुमी पराजुली, गायिका सरिता थापामगर (तोककुमारी मगर) र ट्याटु आर्टिष्ट सुनिता कुँवर पनि मिलाप सम्मानबाट सम्मानित भएकी थिइन् ।

त्यस्तै सो समारोहमा गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’का सर्जक स्रष्टालाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

गायिका सारिका घिमिरे, संगीतकार योगेश काजी शाह, कलाकार रिमोना लोहार, मिक्सिङ/माष्टरिङ मनोज परियार, निर्देशक/कलाकार प्रदीप रसाइली, कलाकार मुना भुर्तेललगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा बाेल्दै तीजलाई परम्परागत भन्दा सिर्जनात्मक रूपमा मनाउनुपर्नेमा गायिका वन्दनाले जोड दिइन् ।

सञ्चारकर्मी कमला जोशी र वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले तीजलाई भडकिलो भन्दासभ्य रूपमा मनाउनुपर्ने धारणा राखिन् ।

यसैगरी सम्मानित व्यक्तित्वकातर्फबाट साहित्यकार राधा भण्डारीले तीजको महत्व र यसको मौलिकता बारे प्रकाश पारेकी थिइन् ।

विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले तीज पर्वलाई उत्सवका रूपमा मनाउँदै समाजमा विशेष योगदान दिने महिलाहरुलाई सम्मान गर्ने गरेको मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले जानकारी दिइन् ।

Categorized in पेजथ्री
SKIP THIS tihar2082