संसद बैठकमा तीन मन्त्रीको राजीनामा माग
SamacharDesk | २०८० फाल्गुण १०, बिहिबार

प्रतिनिधिसभाको आज बसेको आकस्मिक बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना मन्त्रीको राजीनामा माग गरेको छ ।
एमालेले विभिन्न विवादमा मुछिएका तीन जना मन्त्रीको राजीनामा माग गरेको हो । बैठकको आकस्मिक बैठकमा बोल्दै एमाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको राजीनामा मागेका हुन् ।
बैठक शुरु हुनासाथ सभामुख देवराज घिमिरेले बोल्ने अनुमति दिएपछि सांसद रघुजी पन्तले बालकुमारी घटनाको छानविन समितिले मन्त्री ज्वालालाई दोषी ठहर गरिसक्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले हटाउन नसकेको बताउनुभयो ।
सांसद पन्तले अख्तियारमा मुद्दा परेपछि मन्त्रीहरुले राजीनामा दिने गरेको स्मरण गराउँदै उहाँले अहिलेका मन्त्रीहरु झण्ड हल्लाएर बयान दिन गइरहेको बताउनुभयो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार उत्तरदायी नहुनेहो भने संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री दाहालले संसदमा उभिएर बालकुमारी घटनाको प्रतिवेदन अनुसार कारबाही गर्ने बताए पनि अहिलेसम्म केही नभएकाले सरकार नै संसदप्रति जवाफदेही छैन भन्नुभयो ।
सांसदहरुको मागपछि सभामुख घिमिरेले बालकुमारी घटना छानविन समितिको प्रतिवेदनबारे जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो ।
Categorized in राजनीति