ट्रम्पबाट पनि संसद भवनमा भएको हिंसाको निन्दा
SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

अमेरिकी संसद भवन क्यापिटल हिल्सको हिंसात्मक घटनाको २४ घटनापछि अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले यसबारे सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् ।
एक भिडियो ट्वीट गर्दै उनले आफ्ना समर्थकहरुबाट भएको हिंसात्मक प्रदर्शनको निन्दा गरे । साथमा उनले व्यवस्थित रुपमा सत्ता हस्तान्तरण गर्न चाहेको समेत बताए ।
भिडियो सन्देशमा उनले भनेका छन्, ‘अन्य अमेरीकिहरु जस्तै म पनि यूएस क्यापिटल हिलको हिंसा र अराजकताप्रति आक्रोशित नै छु, मैले तुरन्तै भवनको सुरक्षाको लागि नेशनल गार्ड र ल इन्फोर्समेन्ट फोर्स खटाइदिएको थिएँ ।’
ट्रम्पले संसद भवनको सुरक्षाको लागि सुरक्षाकर्मी खटाइदिएको दावी गरिरहँदा अमेरिकी न्यूज एजेन्सीले भने सुरक्षाकर्मीलाई उपराष्ट्रपति माइक पेन्सले खटाएको बताइरहेका छन् ।
ट्रम्पले क्यापिटल हिलमा हिंसा गर्ने घुसपैठहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको भन्दै अमेरिका सधैं कानून र व्यवस्थाको पालना गर्ने देश रहिरहनुपर्ने बताए ।
हिंसा और तोडफोडमा संलग्नहरुले यसको मूल्य चुकाउनुपर्ने समेत ट्रम्पले भनेका छन् ।
— Donald J. Trump (@realDonaldTrump) January 8, 2021Categorized in अन्तर्राष्ट्रिय
