arin enterprises

आफुले जे गर्न आएको त्यो भन्दा बढि नै गरेको ट्रम्पको दावी

SamacharDesk – बिकाश | २०७७ माघ ७, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन् । राष्ट्रपतिको रुपमा आफ्नो अन्तिम सम्वोधन एक भिडिओ सन्देशमार्फत सार्वजनिक गरेका छन् ।

सम्वोधनको क्रममा प्राय आक्रामक देखिने ट्रम्प आफ्नो अन्तिम सम्वोधनमा भने केही लचक देखिए । आफ्नो सम्वोधनमा उनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भन्दै बाईडेन प्रशासनलाई शुभकामनासमेत दिए ।

साथमा उनले आफुले राष्ट्रपतिको रुपमा अमेरिकी प्रशासनमा जे गर्न आएको त्योभन्दा अझ बढि नै गरेको दावी समेत गरे । सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गरेको समेत ट्रम्पले भनेका छन् ।

अमेरिकी संसद भवनमा भएको हिंसात्मक दङ्गालाई राजनीतिक हिंसाको नाम दिँदै अमेरिकीले गौरव गर्ने सबै चीजमाथिको आक्रमण भने ।

बाइडेन प्रशासनको बारे खासै केही नबोलेका ट्रम्पले आफुले बुधवार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पेसँगै आफ्नो प्रशासनले थालेको आन्दोलन बल्ल सुरु हुने पनि बताए ।

अमेरिकाका ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आजबाट जिम्मेवारी सम्हाल्दैछन् ।

Categorized in अन्तर्राष्ट्रिय