अमेरिकाको ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्प
SamacharDesk | २०८१ कार्तिक २२, बिहिबार
अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ ।
सशक्त प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई फराकिलो अन्तरले हराउँदै ट्रम्प बुधबार अमेरिकाको ४७औं राष्ट्रपतिमा विजयी हुनुभएको छ । राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० मत आवश्यक पर्नेमा अहिलेसम्म उहाँले बिबिसीका अनुसार ट्रम्पले २ सय ९४ इलेक्टोरल भोट सुरक्षित गर्नुभएको जनाइएको छ ।
ह्यारिसको पक्षमा भने २ सय २३ भोट परेको छ । यतिबेला तिन राज्यको २१ इलेक्टोरल भोटको मतगणना जारी छ । त्यस्तै यसपाली ट्रम्पले माथिल्लो सदन सिनेटमा पनि आप्mनो पकड जमाएको छ ।
ट्रम्पको रिपब्लीकन पार्टीले कुल एक सय सिट रहेको सिनेटमा रिपब्लीकनले ५२ सिट जितेका छन् भने डेमोक्रेटको पक्षमा ४४ सिट देखिएको छ । यसैगरि तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि रिपब्लीकनकै अग्रता छ ।
४ सय ३५ सदस्यीय हाउसमा अहिलेसम्म रिपब्लीकनले २ सय ७ सिट जितेका छन्भने डेमोक्रेटको पक्षमा १ सय ८९ सिट देखिएको छ । अमेरिकी निर्वाचनको आधिकारिक मत परिणाम घोषणा हुन भने बाँकी छ ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका ट्रम्प २०२० को चुनावमा भने डेमोक्रेट पार्टीका उम्मेदवार एवं बर्तमान राष्ट्रपति जो बाईडेनसँग पराजित भएका थिए ।
अमेरिकी ईतिहासमा यसरी एक कार्यकालको अन्तरालपछि पुनः राष्ट्रपति बन्ने ट्रम्प दोस्रो उम्मेदवार बनेका छन् । सन् १८९२ मा अमेरिकाका २२औं राष्ट्रपति एवं डेमोक्रेट उम्मेदवार ग्रोबर क्लेभल्याण्डर एक कार्यकालको अन्तरालपछि चुनावी प्रतिष्पर्धामा उत्रिएर पुनः ह्वाइट हाउस पुगेका थिए ।
ट्रम्पका दुई वटै जीतमा डेमोक्रेट पार्टीले पहिलो महिला राष्ट्रपति बनाउन भन्दै अघि सारेका दुवै महिला उम्मेदवारलाई ट्रम्पले पराजित गरेका छन् । उनले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पराजित गरेको थियो भने यसपाली कमला ह्यारिलाई ।
यता अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड जे ट्रम्पको पुनरागमनले विश्व शक्तिहरूको सम्बन्धमा परिवर्तन ल्याउने सम्भावना बढेको छ । ट्रम्पको विजयसँगै अब विश्वको शक्ति सन्तुलनमा पहिलेको तुलनामा निकै फरक आउने टिप्पणी कूटनीतिज्ञले गरेका छन् ।
राष्ट्रपति निर्वाचित ट्रम्पले आगामी जनवरी २० तारिखमा शपथ ग्रहण गरेपछि पदभार सम्हाल्नु हुने छ ।
Categorized in अन्तर्राष्ट्रिय