ट्रम्पलाई यौन दुर्व्यवहार मुद्दामा ८ करोड ३३ लाख अमेरिकी डलर जरिवाना
SamacharDesk | २०८० माघ १३, शनिबार

न्युयोर्कको एक अदालतले सन् २०१९ मा स्तम्भकार ई जीन क्यारोललाई अमेरिकी राष्ट्रपति हुँदाको बदनाम गरेको आरोपमा आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।
सुश्री क्यारोललाई बदनाम गरेको र यौन दुव्र्यवहार गरेको भन्दै ट्रम्पमाथि मुद्दा परेको थियो । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उहाँले बताउनुभएको छ । तीन घण्टाभन्दा केही कम समयको सुनुवाइपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।
यस मुद्दामा सुरूमा अदालतमा उपस्थित हुनुभएका ट्रम्पले बिचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गर्नभएको थियो तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी हुनुभएको थियो ।
उता क्यारोलले अदालतको फैसलापछि भन्नुभएको छ, “यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्धको यो ठूलो हार हो ।”
ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख डलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ ।
Categorized in अन्तर्राष्ट्रिय