arin enterprises

अभिनेत्री निशाको सहयोगको लागि संरक्षण कोश स्थापना

SamacharDesk – बिजयरत्न | २०७८ आषाढ २, बुधबार

अभिनेत्री निशा घिमिरेको सहयोगको लागि निशा घिमिरे संरक्षण कोश स्थापना गरिएको छ ।

दुई वर्ष अगाडी सडक दुर्घटनामा परी गम्भीर घाइते भई हालसम्म पनि उपचाररत अभिनेत्री निशाको पालनपोषणलगायत जीवनलाई सुचारू गर्नकालागि कोष स्थापना गरिएको हो ।

निशाको उपचार नर्भिक अस्पतालले निःशुल्क गरिदिने भएपछि सहयोगको लागि संकलन भएको रकमबाट कोष स्थापना गरिएको हो ।

कोषमा निशाको उद्धार गर्ने संस्था नवजीवन संस्थाकातर्फबाट दुर्गानीधि दाहाल संयोजक तोकिएको छ ।

त्यस्तै निशाको उपचारको लागि सहयोग संकलन गर्दै गरेको संस्था नेपाल चलचित्र कलाकार संघबाट उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला कोषाध्यक्ष र अभिभावककोतर्फबाट निशाका पिता प्रेमप्रसाद घिमिरे सदस्य छन् ।

कलाकार निशा दुई बर्ष अगाडीको सड़क दुर्घटनाबाट हालसम्म पनि गम्भीर अवस्थामा रहेको अवस्था सार्वजनिक भएपछि नेपाल चलचित्र कलाकार संघको समन्वयमा सहयोग जुटाउन थालिएको थियो ।

सोही क्रममा कलाकार संघले विज्ञप्ती जारी गर्दै विभिन्न संघसंस्थाको साथै व्यक्तिगत सहयोग पनि आईरहेको जनाएको छ ।

कोषले कृषि बिकाश बैक, महाराजगन्जमा रहेको निशा घिमिरे संरक्षण कोषको खातामार्फत सहयोगको लागि पनि अपिल गरेको छ ।

यसैबीच संघले कलाकार घिमिरेको सहयोगको लागि विभिन्न माध्यमहरुलगायत चलचित्र विकास बोर्डका अध्यक्ष दाहाल, चलचित्रकर्मी कल्याण कोषका संयोजक बसुन्धरा भुसालले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

हाल सम्म एक लाख ९७ हजार ५ सय ५० रुपैयाँ कोषमा जम्मा गरिएको पनि संघले जनाएको छ ।

Categorized in पेजथ्री