arin enterprises

बौद्ध विद्वान बज्राचार्यको दुई पुस्तक विमोचित

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण १३, आइतबार

काठमाडौं भित्र भएका महाविहार र बज्राचार्यको बारेमा जानकारीमूलक पुस्तक प्रकाशन भएको छ । बौद्ध विद्वान फणीन्द्र रत्न बज्राचार्यबाट नेपालभाषामा लिखित दुईवटा पुस्तक ‘बज्राचार्य’ र ‘येँ देयया महाविहार’ प्रकाशन भएको हो ।

शनिबार बज्राचार्य क्लबबाट काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यी दुई पुस्तकको विमोचन गरिएको थियो ।

बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य, बागमती प्रदेश सभासद्द्वय शैलेन्द्रमान बज्राचार्य र नुरज बज्राचार्य, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बज्राचार्य संरक्षण गुठीका अध्यक्ष सागरमान बज्राचार्य, कामपा सम्पदा तथा पर्यटन विभागका संयोजक आशाराम संगत, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वज्रयान महासंघका अध्यक्ष डा. राजेन्द्रमान बज्राचार्य र क्लबका अध्यक्ष सर्जु बज्राचार्यले सामुहिक रुपमा पुस्तकको विमोचन गरेका थिए ।

‘बज्राचार्य“ पुस्तकमा नेपालको प्राचीनता, बौद्ध धर्म इतिहास, बज्राचार्यको परिचय, दीक्षा प्रदान गर्ने बज्राचार्यहरु, चर्यागीतकार, लिपिकार, ग्रन्थकार, साहित्यकार, लेखक तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका बज्राचार्यहरुको संक्षिप्त परिचय समावेश गरिएको छ ।

त्यसैगरि पछिल्लो समयमा प्राप्त भएको नयाँ तथ्य समेत समेटेर ‘येँ देयया महाविहार’ पुस्तक लेखिएको छ ।

‘बज्राचार्य’ र ‘येँ देयया महाविहार’ पुस्तक बौद्ध धर्मका अध्येताहरुको लागि महानगर भित्र अवस्थित महाविहारको अध्ययन गर्नेहरुका निम्ति अति उपयोगी हुने दावी क्लबले गरेको छ ।

सोही कार्यक्रममा बौद्ध विद्वान फणीन्द्ररत्नले आप्mनी दीक्षा गुरुआमा नन्दकुमारी वज्राचार्यलाई सम्मान पनि गरेका थिए ।

सोही समारोहमा दीक्षा गुरु, गुरुआमा बुद्ध रत्न बज्राचार्य र रुपकमल बज्राचार्य, ज्ञानी राजा बज्राचार्य र पूर्णकुमारी बज्राचार्य, अष्टरत्न बजाचार्य र पुष्पतारा बज्राचार्य, प्रा. डा. नरेशमान बज्राचार्य र नीता बज्राचार्य, पुण्यरत्न बज्राचार्य र अष्टलक्ष्मी बज्राचार्यलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा चर्यागुरुहरु नरेन्द्रमुनि बज्राचार्य जयजय र मणिरत्न बज्राचार्यले वज्रसत्व रागमाला प्रस्तुत गरेका थिए ।

साथै क्लबले संचालन गरेको चर्यानृत्य प्रशिक्षणमा सहभागी बालबालिकाहरुले चर्यानृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्यको निर्देशन कल्पना बज्राचार्यले गरेकी थिइन् ।

Categorized in समाज