बेलायतमा लेबर पार्टीका किअर स्टार्मर नयाँप्रधानमन्त्री बन्ने
SamacharDesk | २०८१ आषाढ २२, शुक्रबार

बेलायतमा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले बहुमत हासिल गरेको छ ।
जितसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा पुर्नआगमन गरेको छ । बहुमत हासिल गरेको लेबर पार्टीका ६१ वर्षीय किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
निर्वाचनमा लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री तथा कन्जर्भेटिभ नेता ऋषि सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका छन्।
विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यसपालि लेबर पार्टीले ६५० मध्ये ४ सय १० सिट जितेको हो।
यूकेको संसद्मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ। प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी १ सय २० सिटमा खुम्चिएको छ ।
यसैबीच यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको छ ।
बेलायतको संसदमा २४० भन्दा बढी महिला सांसदहरुको सहभागिता रहने छन् ।
सन् २०१९ को निर्वाचनमा २२० महिला सांसद थिए।
Categorized in अन्तर्राष्ट्रिय