arin enterprises

एमाले क्षेत्र ८ को महाधिवेशन प्रतिनिधि छनौट प्रकृया विवादमा

SamacharDesk – बिराज | २०७८ कार्तिक २८, आइतबार

नेकपा एमाले काठमाडौँ क्षेत्र नं ८ को लागि महाधिवेशन प्रतिनिधि छनौट प्रकृया विवादित बनेको छ । एमाले क्षेत्र नं. ८ का सदस्यहरुले प्रतिनिधि छनौट प्रकृयामा असहमति जनाउँदै प्रकृया स्थगन गर्न माग गरेको छ ।

क्षेत्रका सदस्यहरुले प्रेस विज्ञप्ती जारी गर्दै सिमित व्यक्तिहरु मात्र बसेर गरिएको प्रतिनिधि छनौट प्रकृया स्वीकार गर्न नसकिने जनाएको हो ।

जनवादी अभ्यासको कुनै प्रकृया अवलम्बन नगरि निश्चित व्यक्तिहरुमात्र बसि प्रतिनीधि छनौटको माइन्युट तयार गरेको दावी सो विज्ञप्तीमा गरिएको छ ।

‘हामी पार्टीका सदस्यहरुलाई चुन्ने, चुनिने कुनै पनि सूचना र निर्वाचन कमिटी समेत नवनाई निर्वाचनको कुनै तालिका समेत प्रकाशन नगरी १०–१५ जना व्यक्तिहरुमात्र बसी पठाईएको तथाकथित प्रतिनीधिको हामी विरोध गर्दछौं’ विज्ञप्तीमा लेखिएको छ ।

अलोकतान्त्रिक र विधि नपुगेको निर्णय स्वीकार गर्न नसकिने भन्दै विधिसम्वत प्रकृयाले निर्वाचन गराउन पनि सोही विज्ञप्तीमार्फत माग गरिएको छ ।

‘पार्टीका सदस्यहरुको लोकतान्त्रिक हित रक्षाको लागि अविलम्ब तथाकथित प्रक्रिया स्थगन गरि जनवादी निर्वाचन विधिमार्फत प्रतिनीधि छनौटको व्यवस्था गर्नुहुनु र अवान्छित रुपमा कार्य गर्ने गराउने व्यक्तिलाई आवश्यक कार्वाहिको लागि अनुरोध गर्दछौं’ विज्ञप्तीमा माग गरिएको छ ।

Categorized in राजनीति