arin enterprises

अमेरिकी संसद भवनमा फेरी आक्रमण

SamacharDesk – बिकाश | २०७७ चैत्र २१, शनिबार

वासिङटस्थित अमेरिकी संसद भवनमा भएको आक्रमणमा एक प्रहरी अधिकृतको मृत्यु भएको छ । घटनामा अन्य धेरै अधिकृतहरु घाइते भएका छन् ।

घाइते प्रहरी अधिकृतहरुलाई अस्पतालमा उपचार शुरु गरिएको बीबीसीले जनाएको छ ।

घटनामा प्रहरी अधिकृत विलियम बिली इवान्सको मृत्यु भएको कार्यकारी क्यापिटल प्रहरी प्रमुख योगानंद पिटम्यानले जानकारी दिएका छन् । प्रहरीको जवाफी कारवाहीमा आक्रमण गर्ने व्यक्तिको पनि मृत्यु भएको छ ।

एक कारले सुरक्षा ब्यारीकेडमा ठक्कर हानिसकेर ड्राइभरले ड्युटिमा तैनाथ प्रहरी अधिकृतहरुलाई चक्कुले हमला गरेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

२५ वर्षीय नोआह ग्रीन नामक व्यक्तिले यसरी संसद भवनमा आक्रमण गरेका थिए ।

आक्रमणकारीको कुनै प्रकारको पुलिस रेकर्ड नभएको प्रहरी अधिकृतहरुले जनाएका छन् । यस हमलाको आतंकवादसँग कुनै सम्वन्ध नदेखिएको पनि स्थानीय प्रहरीले बताएको छ ।

घटना पछि संसद भवन क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस अघि गत ६ जनवरीको दिनमा पनि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद भवनमा आक्रमण गरेर उत्पात मचाएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय