हुथी विद्रोहीद्वारा अमेरिकी ड्रोन ध्वस्त
SamacharDesk | २०८० कार्तिक २३, बिहिबार
अमेरिकी ड्रोन एयरक्राफ्ट यमनको हुथी विद्रोही समुहले ध्वस्त बनाइदिएको छ ।
अमेरिकी अधिकारीका अनुसार रिमोटबाट सञ्चालित एमक्यू नाईन ड्रोन यमनको तटमा हुथी विद्रोही समुहले ध्वस्त बनाएको हो ।
सो विद्रोही समुहले अमेरिका इजरायल र हमासबीचको जारी द्वन्द्वमा आइपर्यो भने हमासको समर्थनमा युद्ध लड्ने चेतावनी दिंदै आएको छ ।
गत अक्टोबर ७ देखि इजरायल र हमासबीच द्धन्द सुरु भएसंगै हुथी समुहले मध्यपूर्वमा आफ्नो सेनामाथि आक्रमण तीब्र बनाएको अमेरिकाले दाबी गरेको छ ।
सन् २०१५ देखि यमनको साउदी समर्थक सरकार र हुथी विद्रोहीबीच संघर्ष चलिरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय