अमेरिकामा अन्धाधुन्ध गोली प्रहारमा २० को मृत्यु
SamacharDesk | २०८० कार्तिक ९, बिहिबार

अमेरिकाको लेविस्टनस्थित सहरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्युहुनेको संख्या २० पुगेको छ ।
प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बुधबार अबेर मेन शहरका छुट्टाछुट्टै दुई स्थानमा भएका गोलीबारीमा अरु दर्जनौ घाइते भएका छन् ।
घटनामा मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् । प्रहरीका अनुसन्धान अधिकारीहरुले सीसीटीभी फुटेजका आधारमा दुवै घटनाका अपराधी पत्ता लगाउन प्रयास गरिरहेका अधिकारीहरुले बताएका छन् ।
सार्वजनिक सुरक्षा विभागले स्थानीयबासीलाई घरभित्रै ढोका बन्द गरेर सुरक्षित रही अनुसन्धान र कारबाहीमा सघाउन आग्रह गरेको छ ।
विभागले आफ्नो फेसबुक पेजमार्फत् संदिग्धको फोटो समेत सार्वजनिक गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय