arin enterprises

दर्शकहरुको प्रेमकथा अब सिरियलमा

SamacharDesk – बिजयरत्न | २०७८ कार्तिक २२, सोमबार

आमदर्शकहरुकै प्रेमकथामा आधारित टेलिसिरियल अब छिट्टै निर्माण हुने भएको छ ।

युवा निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित सो टेलिशृंखला ‘मेरो एउटा प्रेमकथा’ निर्माणको तयारी शुरु भएको हो । उक्त टेलिसिरियलमा आमदर्शकले नै पठाउने आफ्नै प्रेमकथामा आधारित हुने निर्देशक जोशीले बताए ।

सिरियलमा विभिन्न सेलेब्रेटी र अन्य चर्चित व्यक्तिहरुको प्रेमकथासमेत प्रस्तुत गरिने उनले बताए  । नयाँ र पुराना कलाकारको जमघट हुने सिरियलको प्रत्येक श्रृंखलामा नयाँ कलाकारको पनि अभिनय रहने निर्देशक जोशीले जानकारी दिए ।

राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने उक्त सिरियलको लागि आम दर्शकले binavcreations@gmail.com मा आफ्ना प्रेमकथाहरु पठाउन निर्माण संस्थाले आह्वान गरेको छ ।

आमदर्शकबाट ईमेलमार्फत प्राप्त हुने दर्शकको आफ्नै जीवनको प्रेमकथामा टेलिसिरियल निर्माण गरी प्रसारण गरिने र प्रशारण योग्य कथाहरुलाई उचित पारिश्रमिकसमेत प्रदान गरिने पनि निर्देशन जोशीले बताए ।

निर्देशक जोशी हाल प्रशारणमा रहेको 'टी सिरिज स्टेज वर्क ट्यालेन्ट हन्ट', टेलिशृंखला 'खै कुरा बुझेको ?' र 'चम्सुरीसँग चिया गफ' लगायतका निर्देशक हुन् ।

डिजि पेको प्रस्तुती, सानु मुभिज र विनभ क्रिएशन्सको ब्यानरमा निर्माण हुने उक्त टेलिसिरियलको छायांकन बिनोद श्रेष्ठले गर्नेछन् भने दृश्य सम्पादन सुनिल श्रेष्ठले गर्नेछन् । सुमन कपालीको संगीत रहेको टाइटल गीतको शब्द ज्योति खतिवडाले लेखेका छन् ।

Categorized in पेजथ्री