arin enterprises

के के सुविधा पाउँछन् पुर्व अमेरिकी राष्ट्रपतिले

SamacharDesk – बिकाश | २०७७ माघ ७, बुधबार

अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल आज सकिँदैछ । ४६ औं राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गरेसँगै ट्रम्प एक सामान्य नागरिकको जीवनमा फर्कनेछन् ।

यद्यपि उनलाई राज्यबाट थुप्रै सुविधा भने प्राप्त हुनेछ ।

उनलाई आजीवन सुरक्षाकर्मीबाट सुरक्षा प्राप्त भइरहनेछ । साथमा वार्षिक रुपमा २ लाख २० हजार अमेरिकी डलर पेन्सन पनि प्राप्त गर्नेछन् ।

यात्राको खर्च, हुलाक खर्चको सुविधा पनि पुर्व राष्ट्रपतिले पाउने सुविधा हो । यसको साथमा उनलाई आफ्नै कार्यालय पनि दिइनेछ ।

तर ट्रम्पबाट यी सबै सुविधाहरु खोसिन पनि सक्छ । महाभियोग लागेका उनी दोषी सावित भएमा उनले यी सबै सुविधा गुमाउन सक्छन् ।

योसँगै ट्रम्पले यी सबै सुविधा नलिने सम्भावना पनि देखिन्छ । आफ्नो कार्यकालमा वार्षिक रुपमा पाउने ४ लाख अमेरिकी डलर तलब भत्ता उनले लिन अस्वीकार गरेका थिए । आफ्नो कार्यकालमा उनले आफ्नै सम्पत्ति नै खर्च गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय