आज विश्व हुलाक दिवस
SamacharDesk – Ram Dangol | २०८० आश्विन २२, सोमबार

आज विश्व हुलाक दिवस । विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखका दिन मनाइन्छ ।
संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक सङ्घको स्थापना भएको दिन प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । उक्त संघको सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको हो ।
यो पछि संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकायका रूपमा दर्ता भयो । नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता पाएको हो ।
यो वर्ष ‘विश्वासका लागि एकसाथ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रूपमा हुलाकलाई लिइन्छ ।
विश्वभरका मानिसबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विश्व हुलाक संघ स्थापना भएको थियो ।
नेपालमा सञ्चारको प्रारूपको सुरुवात हुलाकबाट सुरु भएको हो । अझै पनि कतिपय शहर अनि ठाँउहरुमा पत्रमञ्जुसा लेखिएको पत्र हाल्ने रातो चुच्चोआकारको भाँडोहरु छन जहाँ नियमितरुपमा एकसमयमा हुलाकीहरु आएर पत्र लिएर जाने गर्दछन ।
विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातको मोवाइलले यो यूगको सञ्चारलाई नयाँ परिभाषा दिएको छ ।
तर हुलाकको तस्वीर अनि मोह यो पुस्ताले कहिल्यै विर्सने छैन, स्कूले केटाकेटीहरु पनि स्कूलमा लेखन अभ्यासको क्रममा वूवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् र यसरी चिठी लेख्दा प्रापक र प्रेषक भनेँर हुलाककै सञ्चारआधारमा अभ्यास गराइन्छ ।
हुलाक भन्ने वित्तिकै चिठीपत्र सम्बन्धित स्थानमा पु¥याउने दस्तुर स्वरुप हुलाक टिकटको कुरा पनि आउँछ । हुलाक दिवसकै अवसरमा अबदेखि नेपालमै हुलाक टिकट छाप्ने भएको छ ।
हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ ।
टिकट छपाईको लागि यसअघि टेन्डर प्रक्रिया अनुसार भारत, इन्डोनेसिया, बेलायतलगायतका मुलुकमा छपाइ हुन्थ्यो भने अबउप्रान्त जनकशिक्षा सामग्री केन्द्रले हुलाक टिकट छाप्न लागेको हो ।
Categorized in राष्ट्रिय