विश्व शौचालय दिवस मनाइयो
SamacharDesk – राम डंगोल | २०८० मङ्सिर ४, सोमबार

यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ आइतबार मनाइएको छ ।
विश्व शौचालय दिवस हरेक १९ नोभेम्बरका दिन मनाउने गर्दछ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित रहेको बताइएको छ । नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाउने क्रममा यस्तो तथ्यांकले विकास लक्ष्यप्राप्ति अझै टाढा देखिएको छ ।
बढ्दो शहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढेर गएको छ ।
मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउन सुरु गरेको हो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ ।
तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पु¥याउनमा प्रगति भने सुस्त गतिमा छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो ।
राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन् ।
खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्षमात्र बाँकी छ ।
नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा गरेको थियो । खानेपानी तथा सरसफाइ मन्त्रालयले २०७६ असोजमै औपचारिक कार्यक्रम गरेपछि खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बने पनि सहरी क्षेत्रमा शौचालयको समस्या अझै कायम छ ।
नेपालमा अझै पनि ३ लाख बढी नागरिक शौचालय सुविधाबाट बञ्चित रहेको तथ्यांक छ । नेपालमा सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेटमा एक हजार शौचालय बनाउने गरी कार्यक्रम राखिएको छ ।
सङ्घीय सरकारको ५० र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा एक हजार आधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने सरकारको लक्ष्य छ ।
सरकारले हरेक वर्ष शौचालय तथा सरसफाईमा करोडौं बजेट छुट्याए पनि बजेटका उचित सदुपयोग नहुँदा तथा जनचेतनाको कमीले गर्दा शौचालय सुविधाबाट अभैm बञ्चित हुनुपर्ने देखिन्छ ।
सरकारले निर्माण गरेका सार्वजनिक शौचालयहरुमा सामान्य मापदण्ड सम्म पनि पूरा गरिएको पाईंदैन । नेपालमा बनेका शौचालयहरु उचित सरसफाई तथा वातावरणमैत्रीका कुराहरु त टाढाको कुरा हो, सार्वजनिक शौचालयमा कोही जानुप¥यो भने नाक थुनेर प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।
अझ महिलाहरुको लागि सार्वजनिक शौचालय प्रयोग गर्न निकै समस्या खेप्नुपर्ने देखिन्छ । महिलाहरुलाई शौचालयमा झोला राख्ने ठाउँसम्म हुँदैन ।
अझ सार्वजनिक शौचालयका ढोकाहरु राम्रो नलाग्ने, चुकुल विग्रिएको तथा फोहोर त्यतिकै हुने गर्दछ । सार्वजनिक शौचालयरु अपाङमैत्री नहुँदा अपाङ तथा अशक्तहरुले शौच गर्न निकै कठिनाई भोग्नुपर्ने अवस्था रहेको छ ।
विश्वमा दिसा पिसाबको उचित सदुपयोग गरेर त्यसको व्यवस्थापन गरिरहेको देखिन्छ । दिसापिसाबको प्रयोग खेतीपातीमा लगाएर रोजगारी तथा आम्दानीका स्रोतहरु बढाइरेको देखिन्छ ।
तर नेपालमा भने शौचालयबाट उत्पादित मलमूत्रहरु सिधै खोलामा प्mयाँकेर यहाँको खोलानालाहरु समेत दुषित बनाउने गरिरहेको छ ।
यसरी नेपालमा शहरीकरण तीव्र गतिमा वृद्धि भएसँगै शहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचना तथा तिनीहरुमा बग्ने फोहर पानीको प्रशोधन र उचित व्यवस्थापनको काम हुन पनि बाँकी छ ।
Categorized in राष्ट्रिय