युवा स्रष्टा फुलाराको ‘वासुदा’ विमोचित
SamacharDesk – विजयरत्न | २०७८ फाल्गुण १०, मंगलबार

युवा स्रष्टा भीष्मराज फुलाराको नविनतम् कृति ‘वासुदा’ उपन्यास सार्वजनिक भएको छ ।
राजधानीको पाँचतारे एभरेश्ट होटेल बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको विमोचन भएको हो ।
कार्यक्रममासन्चारकर्मी डा. नवराज लम्साल, एटर्नी एट ल अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकलाई लिएर समीक्षात्मक टिप्णी गरेका थिए ।
उपन्यास एक सङ्घर्षशील युवाको जीवनकथामा आधारित रहेको बताइएको छ ।
फुलारा लिटरेचर फाण्डेशन नेपालले प्रकाशन गरेको २४३ पुष्ठको ‘वासुदा’ उपन्यासको मुल्य बाक्लो गाताको रु.५५० र साधारण गाताको ३५५ रहेको छ ।
Categorized in पेजथ्री