खोप केन्द्रमा युथफोर्सका युवाहरुको सक्रियता
SamacharDesk – बिराज | २०७८ श्रावण ६, बुधबार

काठमाडौं महानगरपालिका १५ वडाभित्र कोरोनाविरुद्धको खोप वितरणको क्रममा खोप केन्द्रहरुमा युथफोर्सका युवाहरु स्वयम्सेवकको रूपमा परिचालित भएका छन् ।
खोप वितरणलाई सहज र व्यवस्थित बनाउन भन्दै युथ फोर्सका युवाहरु परिचालित भएका हुन् ।
काठमाडौं महानगरपालिका वडा १५ अन्तर्गत छाउनीस्थित बीरेन्द्र सैनिक अस्पताल र डल्लु आवास क्षेत्रस्थित सामुदायिक स्वास्थ्य परिषदमा खोप केन्द्र संचालन गरिएको थियो । उक्त खोप केन्द्रमा अमेरिकाबाट उत्पादित जोनसन एन्ड जोनसनका खोप लगाइएको थियो ।
उक्त खोप केन्द्रहरुमा वडा सदस्य एवम् स्वास्थकर्मीहरुसँग सहकार्यमा खोप केन्द्रहरुमा सहजीकरणको वातावरण मिलाएको बताइएको छ ।
राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष र युथफोर्सका प्रमुख छितिज थेबेको निर्देशन अनुसार युवाहरुलाई परिचालन गरिएको थियो ।
नेकपा एमाले काठमाडौं महानगर कमिटीका सदस्य उद्दव खड्गी, काठमाडौं महानगर कमिटीका सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य निसार उद्दिनलगायतका युवाहरु खोप केन्द्रमा खटिएका थिए ।
Categorized in समाज