अमेरिकाले आफ्ना नागरिकहरुलाई युक्रेन छाड्न आग्रह गरे
SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई ४८ घण्टा भित्रमा युक्रेन छाड्न अमेरिकाले आग्रह गरेको छ ।
ऋाक्रमणको समयमा हवाई बम आक्रमण सुरु हुनसक्ने हुँदा त्यसले सर्वसाधारणहरूलाई खतरामा पार्न सक्ने ह्वाइट हाउसले जनाएको छ ।
रुसले युक्रेनको सीमा एक लाख भन्दा बढी सेना तैनाथ गरिएको भए पनि रुसले आक्रमणको योजना अस्वीकार गर्दै आएको छ ।
यसैगरी यूके, क्यानडा, नेदरल्यान्ड्स, लाटभिया, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन्
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा रहेको बताएका छन् ।
यता रुसी विदेश मन्त्रालयले भने पश्चिमा राष्ट्रहरूलाई गलत सूचना फैलाएको आरोप लगाएको छ । आफ्नो प्रशासनलाई आक्रमण बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे र नगरेको जानकारी नरहेको उहाँको भनाई छ ।
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताएका थिए ।
अस्ट्रेलिया भ्रमणका क्रममा उनले सीमावर्ती क्षेत्रमा थप सैन्य अधिकारीहरू आएसँगै तनावका बढ्दो सङ्केतहरू अमेरिकाले देखेको बताए ।
Categorized in अन्तर्राष्ट्रिय