कर्ण सकारात्मक कोषको वेबसाइट र मोबाइल एप्स सार्वजनिक
SamacharDesk – सोसियल ब्यूरो | २०७६ बैशाख १, आइतबार

विकासकोलागि सकारात्मक सोचको महत्वपूर्ण भूमिका हुन्छ भन्ने सोच सहित दुई वर्ष अगाडि स्थापना भएको कर्ण सकारात्मक कोषको वेबसाइट र मोबाइल एप्स सार्वजनिक भएको छ । आइतबार राजधानिमा आयोजित एक कार्यक्रममा उक्त वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरिएको हो ।
पर्यटन व्यवसायी र सकारात्मक सोचका अभियन्ता अनि सोच, खोज, मोज लगायत आधा दर्जनभन्दा बढी मोटिभेशनल पुस्तकका लेखक कर्ण शाक्यको ७६औं जन्म दिवसको अवसर पारेर www.kpt.life वेबसाइट सार्वजनिक गरिएको हो ।
सो अवसरमा वेबसाइट डिजाइनर दिपेश शाक्यले वेबसाइटबारे प्रकाश पारेका थिए ।
कर्ण सकारात्मक कोषया सदस्य अन्तिम गुरुङ, पुर्व गभर्नर दिपेन्द्र पुरुष ढकाल लगायतले सामाजिक, आर्थिक र व्यक्तित्व विकास समेतका लागि सकारात्मक सोचको आवश्यकतामा जोड दिँदै आफ्ना कुरा राखेका थिए ।
कोषका संरक्षक कर्ण शाक्यले आफुले जीवन पछिको जीवनको खोजी गर्दै जाँदा सकारात्मक सोचको अभियानमा लागेको कुराको खुलासा गरे ।
Categorized in समाज