arin enterprises

क्याडानामा ट्रक चालकहरुको प्रदर्शनमाथि बल प्रयोग

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २, सोमबार

क्यानाडामा ट्रक चालकहरुलाई खोप अनिवार्य गरेपछि भएको विरोध प्रदर्शनले चर्काे रुप लिएको छ ।

उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रण समेत लिएको छ । लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा आवातजावत ठप्प पारेपछी प्रहरीले बल प्रयोग गरी उनीहरुलाई तितरबितर पारेको छ । सोही क्रममा केहीलाई गिरफतार गरिएको हो ।

आन्दोलनकारीहरुले पुलमा ट्रक तेर्साएपछी क्यानाडा र अमेरिकाबीचको सामान आयात निर्यात पूर्णरुपमा बन्द समेत भएको थियो ।

आन्दोलन रोक्न अदालतको आदेशको समेत वेवास्ताा गरेका ट्रक चालकहरुले आफुहरुको माग पुरा नभएसम्म आन्दोलान जारी राख्ने अडान राखेका छन् ।

क्यानडामा प्रधानमन्त्री कोरोना विरुद्धको खोप अनिवार्य गरेपछि ट्रक चालकको संगठनले राजधानी ओटावा लगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय