गुठी विधेयक खारेजीको मागमा ब्ल्याक आउट
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ आषाढ ७, शनिबार

सरकारले संसदमा पेश गरेर फिर्ता लिएको गुठी विधेयक खारेज गर्नुपर्ने मागसहित आज काठमाडौंमा ब्ल्याक आउट गरिँदैछ ।
राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले आज बेलुकि ७ः३० बजेदेखि ८ः०० बजेसम्म ब्ल्याक आउट गर्न आव्हान गरेको हो ।
गत असार ४ गते माईतीघर मण्डलामा खबरदारी सभाको आयोजना गरेको संघर्ष समितिले गुठी विधेयक खारेजीको माग गर्दै निरन्तर रुपमा विरोध कार्यक्रम गर्दै आएको छ ।
यसै क्रममा समितिले हिजो शुक्रबार समितिले गृहमन्त्री, संचारमन्त्री र भूमिसुधारमन्त्रीको राजीनामाको माग राख्दै नयाँ सडकमा हस्ताक्षर संकलन कार्यक्रम राखेको थियो ।
Categorized in समाज