गुण ब्यूटिसियनको महिला उद्यम अभिमुखीकरण तालीम सम्पन्न
SamacharDesk – विजनेस ब्यूरो | २०७५ चैत्र ८, शुक्रबार

महिला उद्यमशीलताको विकासका लागी सक्रिय गुण ब्यूटिसियन ट्रेनिङ सेन्टरले आफ्ना पूर्व विद्यार्थीहरुका लागी महिला उद्यमी अभिमुखीकरण तालीमको आयोजना गरेको छ ।
शुक्रबार ललितपुरमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गुणबाटै तालीम लिई उद्यम गर्दै गरेका ब्यूटिसियनहरुलाई भेला गराइ यसै क्षेत्रबाट के कसरी अगाडी बढ्न सकिन्छ भनी मार्गदर्शन दिइएको थियो ।
कार्यक्रममा गुण ब्यूटिसियनकी अध्यक्ष गुणकेशरी ताम्रकारले यस क्षेत्रमा सरकारी सुविधाहरु पनि कसरी लिन सकिन्छ भन्ने जानकारी दिनुभयो । ताम्रकारले यस क्षेत्रमा राज्यले उपलब्ध गराउँदै आएको शीप विकास र प्रविधी हस्तान्तरण सम्बन्धि सुविधाको बारे जानकारी दिनुभयो ।
‘यस सेन्टरको उद्देश्य भनेको सेवा दिएर पैसा कमाउनुभन्दा पनि महिलाहरु आफ्नै खुट्टामा उभियोस् भन्ने हो, हामीले शीप सिकाउने मात्र होइन, महिला उद्यमशीलताको विकास पनि हो’ ताम्राकारले भन्नुभयो ।
सोही कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका प्रतिनिधीबाट पनि उद्योग विकासका लागि विभिन्न सुझाव सहितको जानकारी दिइएको थियो ।
तालीम पश्चात सेन्टरकी अध्यक्ष ताम्राकारले ब्यूटिसियन तालीम लिएर विशेष कोर्ष पनि पुरा गरेका आफ्ना विद्यार्थीहरुलाई प्रमाण पत्र पनि प्रदान गर्नुभयो ।
तालीममा गुण ब्यूटिसियनबाट तालीम लिएर अहिले ब्यूटि पार्लर संचालन गर्दै गरेका ७० भन्दा बढि ब्यूटिसियनहरुको सहभागीता रहेको थियो ।
Categorized in बिजनेस