arin enterprises

निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ५, बिहिबार

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ ।

निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिन चाहने दलहरुका लागि दर्ता आह्वान गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।

दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्यीय केन्द्रीय समिति र अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात पेस गर्नुपर्ने छ ।

Categorized in राष्ट्रिय