पत्रकार श्रेष्ठ भक्तपुरमा सम्मानित
SamacharDesk – सोसियल ब्यूरो | २०७६ मङ्सिर २२, आइतबार

वरिष्ठ पत्रकार दानदास श्रेष्ठ भक्तपुर जिल्लामा सम्मानित भएका छन् । पत्रकार श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकामा यस वर्षको थेमृङ पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो ।
सम्मानित पत्रकार श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सम्मान पत्रको साथमा राशि सम्मान पनि प्रदान गर्नुभयो ।
तीन दसकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर पुर्याएको योगदानलाई कदर गर्दै मध्यपुर सञ्चार समाजको तेस्रो अधिवेशनको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो ।
सम्मान ग्रहण गरेपछि बोल्दै पत्रकार श्रेष्ठले यस सम्मानबाट आफुलाई थप उर्जा प्राप्त हुनुका साथै जिम्मेवारी समेत थपिएको महसूस भएको बताउनुभयो ।
श्रेष्ठले नेपाल समाचारपत्र दैनिकको समाचार डेस्कमा १८ वर्ष काम गरेका छन् भने हाल स्वतन्त्र सञ्चारग्राम साप्ताहिकमा प्रधान सम्पादक तथा प्रकाशक छन् ।
थिमिको लिच्छविकालीन नाउँबाट सञ्चालित थेम्मृङ मासिक पत्रिकाले समाजको हरेक अधिवेशनमा सञ्चार संस्था वा सञ्चारकर्मीलाई सम्मान दिँदै आएको जनाएको छ ।
फोटो सौजन्य : इन डेफ्ट नेपाल
Categorized in समाज