पद्मरत्नको सम्मानमा संखरापुरमा साहित्यिक कार्यक्रम
SamacharDesk – श्रोत : नेवाः सूचना केन्द्र | २०७५ आश्विन ६, शनिबार

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको भीमरथारोहणको अवसरमा ऐतिहासिक नगरी संखरापुर (साँखु)मा साहित्यिक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालको राजनैतीक परिवर्तन, मानवअधिकारको साथै नेपालभाषा क्षेत्रमा निरन्तरको योगदानको कदर स्वरुप पद्मरत्न तुलाधरको अभिनन्दनमा कार्यक्रम आयोजना गरिएको हो ।
तुलाधरको भीमरथारोहण केही दिन अघिमात्रै सम्पन्न भएको हो । नेवार समाजमा ज्येष्ठ नागरिकको ७७ वर्ष, ७ महिनाको उमेरमा भीमरथारोहण गर्ने गरिन्छ ।
सोही कार्यक्रममा नेपालभाषा, नेवार समुदायको संरक्षणमा निरन्तर सक्रियताको लागी भिंतुना पुचःलाई सम्मान पत्र र रु.५ हजार राशिसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपालभाषा मंकाः खलःका सचिव नरेश वीर शाक्य, वरिष्ठ पत्रकार साथै साहित्यकार सुरेश किरण, अधिवक्ता साथै अधिकारकर्मी किरण शाक्य, साहित्यकार यचु जोशी, कान्छा तिवारी, कुञ्ज जोशी लगायतको उपस्थिती थियो ।
कार्यक्रमका वक्ताहरुले नेवार समुदायको उत्थानको लागी भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिए । आआफ्नो घरमा नेपालभाषाको प्रयोगबाटै यसको संरक्षण हुनसक्ने भनाई वक्ताहरुको रहेको थियो ।
कार्यक्रम सक्व सभा हलले आयोजना गरेको थियो ।
Categorized in समाज