arin enterprises

युनि आँधीबाट युरोपमा धनजनको क्षति

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ८, आइतबार

युनि आँधीका कारण युरोपमा १६ जनाको मुत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोल्याण्ड र बेलायतलगायतका मुलुकमा तीव्र गतिमा आएको आँधीका कारण विभिन्न भौतिक संरचनामा क्षति भएको छ ।

आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् । आँधीले सडक किनारका रुख तथा विजुलीका पोलहरुमा क्षति पु¥याएपछि राजमार्गहरु बन्द भएका छन् भने विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

आँधीका कारण उत्तरी सागरमा हराएका २६ वटा कन्टेनहरुहरुको खोजी भइरहेको डच कोष्टर्गाडले जनाएको छ । २ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको शत्तिःशाली आँधीका कारण हजारौंको संख्याम सर्वसाधारण प्रभावित भएका छन् ।

आँधीमा परेर बेलायत, पोल्याण्ड र नेदरल्याण्डमा चार चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यसैगरी तीन, जर्मनी र बेल्जियममा दुई दुई जनाको मृत्यु भएको छ । फ्रान्समा आँधीका कारण भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका छन् ।

प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । 

Categorized in अन्तर्राष्ट्रिय