arin enterprises

लाश देखाइ फाइदा उठाउनेहरुको धन्दा – कोरोना

SamacharDesk – डा. रोशन श्रेष्ठ, (हाल अमेरिका) | २०७७ बैशाख १०, बुधबार

मसानघाटका कर्मचारी बरु हरदिन लाश गन्दैनन होला, हामी गन्दैछौं अचेल । कोरोन (कहरको यो विडम्बनामा आज एउटा फरक अनुभूति पस्किने मूडमा छु ।

मानिस आफुलाइ सबैभन्दा कमजोर असहाय कतिखेर महशुस गर्छन् ? त्यो बेला गर्छन्, जब ऊ आफ्नो जीवनको अन्त्य देख्छ । एक विद्वान अमेरिकी मित्रले फेब्रुअरीको दोस्रो हप्तातिर भनेको झलझल सम्झन्छु – ‘७ दशक लामो मेरो जीवनमा म पहिलोपटक सम्भावित मृत्यूको भयले आतंकित छु ।’

हो, उनी कोरोनाभाइरसबाट तर्सेका हुन । चीनमा तवाही मचाउँदै गरेको त्यो भाइरस अन्य देशहरुमा तीब्र दरमा फैलिरहेको थियो । नियन्त्रण र रोकथामको कुनै छेकछन्द देखिएको थिएन । औषधोपचार वा भ्याक्सिन कतै थिएन ।

चामल, चाउचाउ जस्ता खाद्यपदार्थहरु, ट्वाइलेट पेपर, स्यानिटाइजर, ज्वरोको औषधि बजारमा सकिन थालेसँगै यूरोपमा चर्केको कोरोना महामारीले अमेरिका भित्रभित्रै आतंकित भएको संकेत दियो । यद्यपि बढाइचढाइ फुर्ति लाउने बानी भएका राष्ट्रपति ट्रम्प ‘हामीलाइ यसले छुँदैन’ भन्दैथिए त्यो बेला ।

ईटालीमा २४ घण्टाभित्र मर्नेको संख्या ४००, ६०० हुँदै ८०० नाघ्न थाले । लाश ब्यवस्थापन गर्न समेत नसकिने गरी मानिस मरीरहेको दुखद समाचारहरु भाइरल भए । 

जसै अमेरिकामा कोरोनाको आतंकले जरा गाड्यो, यूरोपका ती भयावह दुखहरु फिक्का झै भयो । अमेरिकामा २४ घण्टाभित्र मर्नेको संख्या १००० नाघ्यो, १४०० नाघ्यो, १८०० नाघ्यो, भन्दाभन्दै आम्मामामा ‘आज २००० नाघ्यो’ भन्ने दिन पनि आए ।

हज्जारौ मानिस हरदिन मर्ने क्रम रोकिएको छैन, तर यो खबर अचेल मानिसहरुले पचाउन थालेको भान हुन्छ । जस्तो कि हिजोमात्रै अमेरिकामा २४ घण्टाभित्र २८०० भन्दा बढीको मृत्यु भयो, तर अहिले ‘आम्मामामा आज २८०० मरे’ भनेर अचम्मित हुने वा आतंकित हुनेहरु देखिदैन । 

८०० मर्दा आतंकित मानिसहरु २८०० मर्दा कसरी सजिलै चुपचाप भएका होलान हगि ? अनौठो छैन र यो ?

कोरोनाले मरेको संख्या अमेरिकामा अत्याधिक बढ्नुको पछाडि केहि अरु तथ्यहरु पनि रहेछन ।

मुटु, फोक्सो, श्वासप्रश्वास, रक्तसञ्चार प्रणालि, मधुमेह आदि रोगले ग्रसित मानिसहरु कोरोनासंक्रमण पछि छिट्टै सिकिस्त भएर मृत्यु हुने तथ्यांकले देखाएको छ । ९८ प्रतिशत मृतक पहिला नै कुनै न कुनै रोगसित लडीरहेका थिए । 

अमेरिकामा कोरोना संक्रमित बिरामीको मृत्यु भएको उल्लेख भएमा उपचारमा संलग्न अस्पतालले वीमा कम्पनीसित बिलिङमा १९ हजार डलर थप रकम असुल्न सक्ने प्रावधान रहेछ 

उसो भए जम्मा २ प्रतिशत हाराहारी मात्रै कोरोनाको कारण मरेको हो त भन्ने प्रश्न उठ्ने नै भो । त्यसमाथि त्यो २ प्रतिशत पनि कोरोनाकै कारण मृत्यु भएको सय प्रतिशत निश्चित हो भन्ने आधार के छ ? भन्ने प्रश्नको उत्तर अझै फेला परीसकेको छैन ।

रिपोर्टलाइ हेर्दा यस्तो भनेको पाइन्छ – ‘मृतकमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ।’ यसको अर्थ यो होइन कि मृतकको मृत्यु कोरोनाकै कारण भएको हो । मानौं कि, ती मृतकहरु सबैको जुका परिक्षण गर्दा यदि जुका–पोजिटिभ आए जुकाले गर्दा मरेको भन्न मिल्ला ? 

अथवा मानौं ती मृतकहरुको दाँत परिक्षण गर्दा यदि दाँत फुक्लेको भए दाँत नहुनाले मरेको भन्न मिल्ला ? स्मरण रहोस, मृतकहरु अधिकांश बृद्ध छन् र दाँतको समस्या शायद तिनीहरुमा थियो होला पनि । प्रश्न नै गर्ने हो भने यस्ता प्रश्नहरुको जवाफ पाउन मुश्किल छ ।

अर्को तथ्य के रहेछ भने अमेरिकामा कोरोना संक्रमित बिरामीको मृत्यु भएको उल्लेख भएमा उपचारमा संलग्न अस्पतालले वीमा कम्पनीसित बिलिङमा १९ हजार डलर थप रकम असुल्न सक्ने प्रावधान रहेछ । 

कोरोना संक्रमित बिरामी भेन्टिलेटरमा राख्दै उपचार गर्दा मृत्यु भएको उल्लेख भए बिलिङमा करीब ४० हजार डलर थप रकम असुल्न सक्ने रहेछ । यसरी धेरै रकम असुल्न पाइने सुविधाले गर्दा पो कोरोनाको कारण मरेको संख्या धेरै देखिन गएको हो कि भन्ने शंका उब्जेको छ ।

पैसा देखेपछि महादेवको त्रिनेत्र, यो पापी दुनियाँमा सबैतिर उस्तै हो।

यता तथ्यांकमा दैनिक २८०० बढी मृत्यु भइरहेको देखिँदा सामाजिक सञ्जालमा राजनैतिक ध्रुवीकरण झनै बढेको देखिन्छ । ध्रुवीकरणको त्यो अमानवीय तस्वीर हेर्दै जाँदा कतै यो विश्वब्यापि कोरोना आतंक समग्रमा अमेरिकाको आन्तरिक राजनीतिक बेमेलको नतीजा पो हो कि जस्तो पनि लाग्दैछ । (यो बारे पछि लेखुँला)

तर बिर्सनु नहुने अर्को तथ्य पनि छ । नेपालमा जब लकडाउन शुरु भयो, पशुपतिमा लाश आउन कमि भयो भन्ने समाचार थियो । ‘अस्पतालमा उपचार चालु हुँदा मृतकको संख्या बढ्ने, तर लकडाउनको कारण उपचार सुविधा नहुँदा मृतक पनि घट्ने’ यो कसरी भयो भन्ने प्रश्न पनि उठेको थियो ।

त्यस्तो अवस्था नेपालमा मात्र होइन रहेछ । अमेरिकामा कोरोनाको महामारी फैलिएपछि कोरोनाबाहेक अन्य कारणले मर्नेको संख्या ज्यादै घटेको छ ।

गोली हानाहानमा मर्ने, सडक दुर्घटनामा मर्ने आदिको संख्या त घट्यो घट्यो, तर त्यो भन्दा अचम्म लाग्दो तथ्य यो देखियो कि हार्ट एटेक भएर मर्ने, लङ फेलिएर भएर मर्ने, मल्टि अर्गान फेलिएर भएर मर्ने, कमन फ्लु लागेर मर्ने, निमोनिया भएर मर्ने, क्यान्सर भएर मर्ने, आत्महत्या गरेर मर्ने, गलत उपचार (मेडिकल मिस्टेक) भइ मर्ने – यी सबै प्रकारको मृत्युहरुमा कमि आएको छ ।

यो लाश गन्ति गर्ने सवालमा पनि यहाँ भुलभुलैया धेरै रहेछ

अस्पतालहरुमा बिरामीको संख्या कम भएको कारण करारमा नियुक्त डाक्टर तथा नर्सहरु समेत हज्जारौंको संख्यामा बेरोजगार हुन थालेका छन् ।

कोरोनाको कारण अहिलेसम्म करीब ४६ हजार अमेरिकीहरु मरेको तथ्यांक त छ । तर अन्य सबै कारणहरुबाट मर्ने संंख्यामा उल्लेख्य कमि आएको तथ्यांक जोडिएको छैन । 

खासमा पहिला भन्दा अहिले कम मानिस मरे या बढी मरे भन्ने हिसाब गर्न बिर्सेको देखिन्छ । फ्यूनरल हाउसहरुमा समेत मन्दि छाएर कामदारहरु बेरोजगार भएको समाचार आएको छ ।

हेर्नुस अब, यो लाश गन्ति गर्ने सवालमा पनि यहाँ भुलभुलैया धेरै रहेछ । लाश देखाइ फाइदा उठाउनेहरुको धन्दा चकाचौंध रहेछ ।

 

(लेखक हाल अमेरिकामा बस्दै वातावरण सम्वन्धी अध्ययन अनुसन्धान गर्दै गरेका वैज्ञानिक हुन् ।)

Categorized in विचार