arin enterprises

शाक्य महाविहार सङ्घमा शुभकाजी

SamacharDesk – सोसियल ब्यूरो | २०७५ माघ २०, आइतबार

शाक्य महाविहार संघमा शुभकाजी शाक्य अध्यक्ष चयन भएका छन् । शनिबार सम्पन्न संघको पहिलो महाधिवेशनले शुभकाजीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अमीरमान शाक्य र गौतम शाक्य चयन भएको छन् भने महासचिवमा संघरत्न शाक्य, सचिव राजेश शाक्य रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा चैतन्यराज शाक्य र सह कोषाध्यक्ष दीलिपरत्न शाक्य निर्विरोध चयन भएका छन् ।

सदस्यमा भने विजयरत्न असंबरे, रोशनबहादुर शाक्य, सुरेश शाक्य, आनन्दरत्न शाक्य, धर्मरत्न शाक्य, अमिरकुमारी शाक्य, दुर्गादेवी शाक्य र ज्योति शाक्य पनि सर्वसम्मत चयन भएका छन् ।

साधारण सभाबाट सर्वसम्मत चयन पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचन अधिकृत ज्ञानरत्न शाक्यले निर्विरोध निर्वाचितको प्रमाण पत्र प्रदान गर्नुभयो । 

कार्यक्रममा शाक्यवंशको पहिचान स्थापित गर्न उत्कृष्ट योगदान पुर्याएको भन्दै कीर्तिपुण्य महाविहार, लगन बहालका हर्षमुनि शाक्यलाई ‘शाक्य रत्न’ उपाधिबाट सम्मानित गरिएको थियो । त्यसैगरी मैत्रीपूर महाविहार, क्वाःबहालका चक्रेश्वर धूपरत्न बज्राचार्यलाई ‘धु्रबतारा पुरस्कार’ पनि प्रदान गरिएको थियो ।

३ न प्रदेशका सभासद राजेश शाक्यले उपत्यकाभित्र रहेका महाविहारको दीर्घकालीन संरक्षणका लागी सरकारबाट नियमित आर्थिक अनुदान लिन सकिने र यसको लागी महाविहार व्यवस्थापनि समिति स्थापना गर्नुपर्ने बताउनुभयो ।

साथै प्रदेश ३का सांसद शोभा शाक्यले शाक्य, बज्राचार्यहरु आफ्ना बहाल । बहिलाई छोडेर अन्यत्र बसाईं सराई भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

Categorized in समाज